मरेपछिको बसाइ नै आप्रवास हो हामी आप्रवासी होइनौ पृथ्वीकै बासिन्दा हौ

मित्र लाल पार्दे पोल्यान्ड

आज हामी यो पृथ्वी घर हो जो जहाँ बसे पनि अर्को देशमा बस्ने व्यक्तिहरू माथि पनि एउटै व्यवहार हुनुपर्छ भन्ने सोच कथित केही विकसित देशहरुमा भएन उनिहरुले ती भन्दै आएका आप्रवासीबाट मज्जाले काम लिइरहे बाहिर बाहिर सेतो कागजको घोडा दिने निहुमा आप्रवासीलाई स्वदेश भन्दा टाढा बसेका आप्रवासीहरुलाई कागजको दाम्लोले बाधिरहे । आप्रवासी शब्द नै खारेज हुनुपर्छ । आप्रवासी भनेको त मृत्यु पछिको समय हो ।आज युरोपका लाखौ आप्रवासी हरुलाई जुन पीडा छ त्यो पीडा भनी साध्य छैन ।

कागजको डरले हजारौ आप्रवासीहरु आफ्नो समस्या भन्न सक्दैनन् । अहिले स्पेन इटाली सिङो युरोप कोरोनाले रोएको छ । केही दिन क्वारेन्टाइन हुदा कति पिडित भएको छ जुन कुरा भनि साध्य छैन तर यो दुखद अवस्थामा बर्षौ बर्ष अझै नचाहेर पनि सेतो घोडाको कागजे क्वारेन्टाइनमा बस्न बाध्य लाखौ आप्रवासी बारे बोलिदिने को ? उनिहरु कुनै अपराधी पनि होइनन् अब पृथ्वीमा देश धर्म भन्दा माथी मानवता हो भनेर बोलिदिने को ? सबै पुजिवादलाई सर्वोपरि ठान्ने जमातले एउटा कोठामा बाध्यता बस २० जना बस्नु परेको कागजको कारणले गुपचुप हुनु परेका आप्रवासीहरुको बारेमा बोलिदिने को ? आखिर उनिहरुले चाहे लुकेर काम गरुन् चाहे खुलेर आखिर उनिहरुको रगत र पसिनाले पनि युरोप बनेकै हो । जर्मनी स्वीजरल्यान्ड फ्रान्सका बङलाहरु त्यही लुकेर बसेका हजारौं आप्रवासीले निर्माण गरेको हो । चाहे डेनमार्क होस् चाहे नर्वे । आज सिङो मानव समुदायमा दुरि बढाउने को ? देश धर्म रास्टृयता माथी रहेर सिङो पृथ्वी र सिङो मानव जाती र प्रकृतिको रक्षा गर्ने को ? आखिर दुनियाँमा मवाद होइन हामी वाद भनेर ठूलो छाती बनाएर युद्ध मैदानमा हिड्ने योद्धा म खोजिरहेछु तर अझै दुनियाँ एकले अर्को आरोप लगाउनै सिमित छ । यहि आरोप लगाउदा लगाउदै एक दिन यो पृथ्वीमा अदृश्य भाइरसहरुको राज चल्नेछ । त्यसैले यो दुनियाँमा देश धर्म प्रवासी आप्रवासी वर्ण लिङ सबै कुनै भेदभाव नगरेर सिङो प्रकृति रक्षाको लागि मान्छे मान्छेको बिरुद्द होइन मान्छे दुष्ट भाइरस लगायत हर किसिमबाट प्रकृति रक्षा गर्न दुनियाँ एकाकार हुनुपरेको छ l आज सम्मका मान्छेमाथी गरिने विभेद सम्बन्धि कानुन सबै नष्ट गर्दै हामी सबै एक भएर लड्नु नै एक्काइसौ शताब्दीको आवश्यकता हो ।
अत यो पृथ्वीमा हामी जहाँ बसे पनि पृथ्वी हाम्रो घर हो आप्रवासी प्रवासी होइन हामी सबै पृथ्वीका बासिन्दा हौ। बरु आप्रवास त मृत्यु पछिको अवस्था नै आप्रवास हो ।
हामिलाई आप्रवासी होइन पृथ्वीको बासिन्दा भनियोस ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.