नमस्कार ! नोभेल कोरोन भाइरस, COVID-19 को बारेमा हामी र PN TV, Poland का साथीहरुको पहलमा (17.03.2020) video सहित !Thank you Vibek Paudelji and the team!
यो आश्चार्य जनक नै छ! संसार भरि कोरोन भाइरसले बड्दो आक्रमड गरेको देखिन्छ। तर अहिले सम्म नेपाल…….!?
अहीले संसारको जुन कुनामा रहे पनि हामी सबै मानब जातिको छल फल र त्रासको बिषय भएको छ ”नोभेल कोरोन भाइरस ( Novel Corona Virus
diseases, COVID-19)”! आजको worldometer अनुसार संसारमा २ लाख १५ हजार जति ( पोल्याण्डमा २८७ जना) कोरोना भाइरस COVID-१९ बाट संक्रमित भैसकेका छन् र ८ हजार ८ सय जनाको मृत्यु (पोल्याण्डमा ५
जनाको ) भएको छ। ८४ हजार 3 सय जति बिरामी सन्चो भएको record
पाइन्छ ।
पहिलो पटक यो भाइरसले मानब जातिलाइ आक्रमड गरेर फैलिएको थाहा भएको। यस भाइरसले हामीलाइ कति सम्म असर गर्छत् भनेर थाहा पाउन बाकीनै रहेको, यस भाइरसको विरुद्ध औसधि र उपचार पत्ता नलागीसकेको
कारण यति ठुलो त्रासको बिसय भएको हो। तर यो घडीमा सब भन्दा राम्रो
उपाय भनेको नै यो रोग लग्न बाट बच्नु हो। तेही कारण धेरै देशका सरकारलेनै यहि उपाय अपनाउदै विदेशबाट जहाज, रेलहरु आउन नै रोक्का लगाइएको छ र देश भित्र पनि बालमन्दिर, स्कुल, कलेज र विस्वोबिद्यालयहरू बन्द
गरिएको छ साथै home isolation, ward isolation/observation, quarantine गरिएको छ। नेपाल सरकारले पनि १४ मार्च बाट लागु हुने गरि on-arrival visa नदिने लगाएत अरु traval restriction गरेको छ।
सरकारको यो कदमलाइ कदर गर्दै अझै अरु isolation का measurment
।आज बाट बालमन्दिर , स्कुल, कलेज र विस्वोबिद्यालयहरू बन्द गरिएछ। सरकारले यो दोश्रो कदम लिन अल्लि ढिलाई नै गरेको हो। हामिले सुनेका र
मेडियामा देखे अनुसार नेपालमा बिहे, ब्रतबन्ध, पार्टी ,भोझा र
राजनैतिकदलहरुको पनि कार्यक्रम जारी छन्। यसलाइ केहि समय रोक्न राम्रो हुन्छ।
यो आश्चार्य जनक नै छ! संसार भरि कोरोन भाइरसले बड्दो आक्रमड गरेको देखिन्छ। तर अहिले सम्म नेपालमा ५३० जनाको टेस्ट गरिएकोमा एक जनालाई मात्र COVID-19 case diagnose भयो र निको पनि भैसकेको छ! चाइनाबाट सुरु भएको महामारी, हाम्रो अर्को छिमेकि राष्ट्र इंडिया मा पनि १५० जना कोरोना भाइरस COVID-१९ बाट संक्रमित भैसकेका छन् र ३ जनाको मृत्यु भएको छ। नेपालमा रहनु हुने सम्पूर्णमा, हाम्रो आग्रह अति आबस्यक नपर्दा सम्म एक एर्का बाट दुरी मै रहनु होला, home isolation, ward isolation/observation, quarantine को लागि आफै पनि सचेत रहनु होला। किनकि भोली यो रोग नेपालमा धेरै फैलिएका खण्डमा। नेपाल
सरकारलाइ र हाम्रा बुवा, आमा, दिदि , बहिनी, दाजु, भाइलाई सजिलो हुने छैन। नेपालमा बस्ने हामी धेरै नेपालीहरुको स्वास्थ्य बिमा छैन। यो आपत कालिन परिस्थितिमा बिकसित देशहरु त अलमल देखिन्छन भने हामीलाइ
कति कठिन हुने छ भन्ने अनुमान तपाईहरुनै लगाउनु होला। तपाईहरुलाई तर्साउन खोजेको होइन तर होसियारी रहनुहुन अनुरोध मात्र हो!
अन्तमा तापाईहरुको सुस्वास्थ्यको कामना गर्दछौ ।
डा बोधराज सुवेदी , डा एलिनी पोखरेल सुवेदी पोल्यान्ड