एनआरएनए युथ फाेरम पाेल्याण्डकाे नेतृत्व मा स्व: विशाल सापकाेटा काे लागि ५९४५ जाेलटि अार्थिक संङकलन गरेकाे छ । नेपालकाे चितवन जिल्ला स्थाई ठेगना भएका सापकाेटा विगत तिन बर्ष देखि राेजगारिकाे शिलशिला मा पाेल्याण्डकाे वार्सा कार्यरत हुनुहुन्थ्याे । वार्सा स्थित ( mazovia centre of treatment of lung diseases and T.B ) अस्पतालमा उपचारकाे क्रममा फेब्रुअरि ०६ – रातकाे ०२ बजे २१ वर्षकाे अल्पआयुमै असामुहिक निधन भएकाे थियाे । नेपाल स्थित परिवार संग समन्वय गरि स्व : सापकाेटाकाे फेब्रुअरि १० / २०२० दिनकाे ०१ बजे Otwock Batroego 44 स्थित शवदाहन गृह मा स्व : सापकाेटाकाे पार्थिव शरीर माथी फुल सहित अन्तिम श्रद्धाञ्जली दिई अन्तयाेष्टी गरिएकाे थियाे ।
स्वर्गीय सापकाेटा काे पाेल्याण्ड स्थित अन्तयाेष्टि काे खर्च ब्यवास्थापनकाे लागि गैरअवासिय नेपाली सँघ पाेल्याण्डले अपिल गरेकाे अार्थिक सङकलन अभियान लाई अात्मसाथ गर्दै एनअारएन युथ फाेरम पाेल्यण्डले स्व : सापकाेटाकाे अन्तयाेष्टिका लागि पाेल्याण्डकाे विभिन्न क्षेत्र मा रहेका चार वटा युथ फाेेरम ईकाई समिति काे सक्रियतामा ५९४५ जाेल्टि( पाँच हजार नाै सय पाैचालिस जाेल्टी मात्र ) संङकलन गरि एनअारएनए पाेल्याण्ड काे खातमा जम्मा गरेकाे छ ।२०२० फेब्रुअरि ०८ देखि १६ तारिक सम्मा रकम संङकलन गरिएकाे थियाे जस्मा १६६ जना नेपाली दाजुभाई दिदबहिनीहरूले अार्थिक सहयाेग गर्नुभयकाे थियाे । जस्मा लालीगुरास रेष्टुरेन्ट वार्सा प्राे : प्रेम गैरे ज्यु वाट ५०० जाेल्टी ( पाँच सय जाेल्टि मात्र ) ,त्यस्तै (०१) युथ फाेरम मिस्कात ईकाई समिति पाेजनान काे सक्रियतामा मिस्कात वासि नेपाली २३ जना दाजुभाई तथा दिदिबदिनी वाट ७८४ जाेल्टी ( सात सय चाैरासि मात्र ) ,, (०२) कार्चेव युथ फाेरम ईकाई समितिकाे सक्रियतामा कार्चेव वासि ६७ जना नेपाली दाजुभाई दिदिबहिनी वाट २३६५ जाेल्टी (दुई हजार तीन सय पैष्ठ्ठी जाेल्टी मात्र ) ,।(०३) लाेमेन्सकिगाे युथ फाेरम ईकाई समिति पाेजनाान काे सक्रियतामा लाेमेन्सकिगाे वासि नेपाली दाजुभाई दिदिबहिनि वाट १०५१ जाेल्टी ( एक हजार एक्काउन्न जाेल्टी मात्र ) , (०४) युथ फाेरम बार्जाेजाेवा गड्कि पाेजनान काे सक्रियतामा गड्कि वासि २५ जना नेपाली दाजुभाई दिदी बदिनी वाट ११५५ जाेल्टी ( एक हजार पच्चपन्न मात्र ) सहयाेग प्रप्ता भएकाे छ । सहयाेगि महानुभावहरूकाे नाम र दिनु भयकाे अार्थिक पुर्ण विवरण तथा अभिलेख सम्बन्धित ईकाई समिति र एनअारएनए युथ फाेरम पाेल्याण्ड काे कार्यसमितिमा सुरक्षित राखिएकाे छ ।

हामी यश दुखद घट्नाले स्तब्द भयकाछाै ।स्व : सपकाेटा काे दिवङगत आत्मकाे चिरशान्तिकाे कामना गर्दै । यश दुखद घडिमा सहयाेग गर्नुहुने सहयाेगि महानुभावहरू प्रति आभार प्रकट गर्दछाै । विभिन्न ईकाई समितिमा सहयाेग का लागि निस्वार्थ भावानाले खटिने सबै मित्र हरूकाे उच्चा मुल्याङकन गर्न चाहान्छु । हामी यस्ता दुखद घट्नाहरू वाट कसरी वचन सकिन्छ भनेर विभिन्न ठाउमा हेल्थ शिविर सन्चालन गरिरहेका छाै । किनकि हामी यहाँ श्रम गर्छाै र हाम्राे जीवन यहाँ हेल्थ ईन्सुरेन्स सँग नितान्त जाेडियकाे छ हामी विरामी हुदा हाेस वा कुनै दुर्घटना हुदा हाेस । तपाईं हरू अाफ्नाे हेल्थ ईन्सुरेन्सकाे वारेमा कति जानकार हुनुहुन्छ ? तपाईकाे कम्पनिले तपाईकाे कस्ताे प्रकारकाे ईन्सुरेन्स भरिदिएकाे छ ? याे विषय मा तपाईं जानकार हुन नितान्त जरूली छ ।

र अन्य तपाईं काे पाेल्याण्ड काे क्षेत्रभित्र रहन भ्यलिड कुनकुन कागजात तपाईहरू सँग छन तपाईं जानकार हुनुहाेस । यदि तपाईं भिसा सकियाे टिअार अप्लाई गरेकाे नेगेटिभ अायाे पुन अप्लाई गर्नुस चिन्ता नलिनुस तपाईं नियम सम्वद काम गरिरहनु भयकाे छ,राज्य लाई ट्यक्स तिर्नु भएकाे छ , ईन्सुरेन्स भरिरहनु भयकाे छ भने तपाईलाई भाेलि कुनै हेल्थ समस्या अायाे वा कुनै दुर्घटना भयाे भने नियम सम्वद नै सेवा सुविधा तपाईले पाउनु हुन्छ ।यी ईन्सुरेन्स काे विषयमा तपाईं अलमल मा हुनुहुन्छ भने हामीलाई जानकारि गराउनुस हामी सधै जानेका विषय तपाईं हरूसँग समन्वय तयार छाै।
हामी दुर्घटना वाट कसरी शुरक्षित रहने र भाेलि भैहाल्याे भने पनि कसरी सहज वातावरण मा हामी सहयाेग पाउन सक्छाै । यश विषयमा हामी पाेल्याण्ड वासिले अब दिर्घकालिन याेजना र याे विषय मा छलफल अावश्यक छ । यस्तै महत्वपुर्ण विविध विषय लियर छलफलकाे लागि एनआरएनए युथ फाेरम पाेल्याण्ड तपाईं हरूकाे माझमा आउने तैयारि गरिरहेका छाै । अब हामी सग शसक्त नेपाली युवा हरूकाे टिम साथमा छ ।हाम्राे साथ र हाम्राे हात सधै नेपालीहरू काे हर सुखदुख मा हुनेछ । हामी कुनै पनि नेपालीले पाेल्याण्ड मा दुख मा पिल्सियर बस्नुपर्ने वाध्यताकाे अनत्य चाहान्छाै ।
भिम परियार
युवा संयाेजक ,
एनआरएनए पाेल्याण्ड ,
युथ फाेरम पाेल्याण्ड , (परिवार )
youthforumpoland@gmail.com




उक्त सुचना NRNA पोल्यान्ड का युवा संयोजक द्वारा तयार भएको हो।