प्रकाश सपूत का सहोदर भाइ देबेन्द्र बब्लु को अत्यन्तै प्रेमिल साङ्गितिक भिडियो यसै भ्यालेन्टाइन डे को अवसर पारेर ‘एक्लै जान सक्छौ र ?’ नामक उक्त्त म्युजिक भिडियो युट्युबमा सार्बजनिक गरिएको छ । गीतमा देवेन्द्रकै शब्द, संगीत तथा स्वर रहेको छ ।देबेन्द्र बब्लुको आफ्नै युटुब च्यानेल बाट सार्बजनिक उक्त गीतको भिडियोलाई अनिल के. मानन्धरले निर्देशन तथा छायांकन गरेका हुन् ।।

भिडियोमा एउटै सपिङ्ग सेन्टर आ काम गर्ने दुइ युवा युवतीको प्रेम सम्बन्ध देखाइएको छ । जुन गित का शब्द र भिडियो को अभिनय अत्यन्तै मोहक र हृदयबिदारक रहेको छ। स्लो बिट को उक्त गित को संगित निक्कै मिठास र सुगम पनि रहेको प्रकाश सपूत ले राखेको फेसबुक स्टाटस मा आएका प्रतिक्रिया मा देख्न सकिन्छ। स्नेहा पौडेल र देबेन्द्र बब्लुको अत्यन्तै उत्कृष्ट अभिनय रहेको उक्त भिडियोले राम्रो चर्चा बटुल्ने मा हामी पोल्यान्ड नेपाल परिवार बिस्वस्त छौ।
स्नेहा पौडेल गायिका मंजु पौडेलकी छोरी हुन् भने देवेन्द्र बब्लु चर्चित गायक प्रकाश सपुतका भाई हुन् ।
सुसन परियार बिसर्जन वार्स पोल्यान्ड