शेर बहादुर परियार
पोल्याण्ड(वारसवा )
पत्रकार माथि भएको सांघातिक आक्रमण प्रति महासंघ को खेद

पोर्चुगलको राजधानी लिस्बोन मा भएको एक कार्यक्रममा समाचार संकलन गर्न गएका पोर्चुगलका सक्रिय पत्रकार सविन धिताल माथि भएको सांघातिक आक्रमण प्रति नेपाल पत्रकार महासंघ,युरोप शाखाले खेद प्रकट गरेको छ ।
सोमबार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ,गैरआवासीय नेपाली संघ पोर्चुगलका कार्यवाहक अध्यक्ष भिमसेन थापाले पत्रकार सविन धिताल माथि गरेको सांघातिक आक्रमण जस्तो नीच कार्यप्रति खेद प्रकट गर्दै उनलाई अबिलम्ब बर्खास्त गरि कारबाही गर्नको लागी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष कुमार पन्त,युरोप संयोजक नारायण आचार्य र पोर्चुगलका अध्यक्ष तिलक गैरे लाई अनुरोध समेत गरिएको छ।
पत्रकार धितालले आफूविरुद्ध गलत सूचना दिएको भन्दै थापाले कार्यक्रममा नै धितालमाथि कुटपिट गरेका थिए। पीडित पत्रकार धितालले थापाविरुद्ध स्थानीय प्रहरीमा उजुरी दिएका छन्। स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढाएको बताइएको छ।आक्रमणकारी थापाले पत्रकार धिताललाई आफू विरुद्ध समाचार लेखे दुवै हात काटिदिने र जिन्दगी बर्बाद गरिदिने बरु जेल बस्ने धम्कीसमेत दिएको पत्रकार धितालले बताए। धिताल भोइस अफ नेपाल टिभी र प्रोर्चुगलका पत्रकारहरूको संस्था नेप्लिज जर्नालिस्ट क्लबमा आबद्ध छन्।
