
चितवन घर भएका एक्काइस बर्षीय बिशाल सापकोटाको हिजो राती फेब्रुअरी ६ तारिकमा पोल्यान्डको वारसवामा रहेको Mazowieckie Centrum laczenia Chorob pluc i Gruzlicy (Mazovia Centre Of Treatment of Lung Diseases And T.B) अस्पतालमा राती २ बजे निधन भएको छ । २०१७ जनवरिमा पोल्यान्ड आएका बिशाल सापकोटा बिगत केही समय देखी बिरामी भएर अस्पताल भर्ना भएका थिए । उनको वारसवामा सँगै रहेर बसेका बिबेक पौड्यालसित बुझ्दा उनले नेपालमा सम्बन्धित परिवारलाई पनि संपर्क गरेको जानकारी दिएको खबर गरेका छन् । अन्त्यष्ठी सम्बन्धी आवश्यक तयारी एन आर एन पोल्यान्डले गर्ने जानकारी अध्यक्ष नरेश सापकोटाले पोल्यान्ड नेपाललाई गराएका छन् ।
