एस डि अर्पण
१८ जनवरी, वार्सवा ।युरोपको विभिन्न देशहरुमा सांगीतिक प्रस्तुति दिन आएका युवा पप गायक धिरज राईले विभिन्न शहरहरुमा पुगेर भगवान सिद्धार्थ गौतम बुद्ध जन्म नेपालमा भएको भन्ने सन्देश फैलाउँदैछन् । कुनै समय नेपालका माइकल ज्याक्सन उपमा पाएका गायक राई स्टेज किङ्ग नामले पनि चिनिन्छन् । लुकी लुकी आँखा तिमि नजुधाउ त्यसरी, तिमि रुँदा एक्लै हुँदा जस्ता चर्चित गाएका युवाहरुको ढुकढुकी राईले यस अघि रवि लामिछानेसँग मिलेर टुडिखेलमा विशाल जन समुदाय भेला गराई बुद्धको जन्म बारे फैलिएको भ्रम हटाउन विश्व सामु सन्देश पुर्याउन महत्वपुर्ण भूमिका निभाएका थिए ।
युरोप टुरमा रहेका राईले आफ्नो अभियानलाई निरन्तरता दिंदै भगवान बुद्धको फोटो र बुद्ध वाज वर्न इन नेपाल लेखिएको ब्यानर लिएर बुद्धको जन्म बारे फैलिएको भ्रम हटाउन कोशिस गर्ने गरका छन् । स्विजरल्याण्ड, फ्रान्स, ईटाली, पोर्तुगल, स्पेन, बेल्जियम जस्ता देशहरुमा सांगीतिक यात्रामा आएका राईले जहाँ जहाँ पुगेका छन् त्यहाँ त्यहाँ ब्यानर लगेर टाँसेका छन् र साथै विडियो मार्फत बुद्धको जन्म नेपालमा नै भएको सन्देश भैलाउदैं गरेका छन् । अंग्रेजी नयाँ वर्षको अवसर परेर युरोपमा रहॆका नेपालीहरुलाई भरपुर मनोरंजन प्रदान सांगीतिक यात्रामा निस्केका राईले स्विजरल्याण्डमा उत्रने बित्तिकै फेसबुक लाइभ मार्फत नेपालाई पनि त्यस्तै विकासको शिखरमा पुर्याउन पर्ने बताएका छन् । नयाँ वर्ष संगै भ्रमण वर्ष २०२० सुरु भएको र नेपाललाई चिनाउने सगरमाथा, वीर गोर्खाली जस्तै गौतम बुद्ध पनि एक दरिलो धरोहर भएकोले साथै बुद्धको जन्म बारे विश्वमा रहेका भ्रम चिर्न जरुरी रहेको बताएका छन् । सम्पूर्ण नेपालीहरुले आ-आफ्नो ठाउँबाट हाम्रो देश नेपाललाई चिनाउन सुनौलो अवसर नगुमाउ भन्न आग्रह गरेका छन् ।
लुम्बिनी विकास कोष गुडवील राजदूत रहेका राईले आफ्नो भिडियोमा गौतम बुद्धको जन्म बारे सन्देश विश्व समू फैलाउन महत्वपूर्ण भूमिका निभाएको योगदानलाई कदर गर्दै नेपाल सरकारले प्रवल जनसेवा श्री राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गर्ने घोषणा गरेको कुरा पनि खुलाएका छन् । स्विजरल्याण्डको राजधानी वर्नबाट प्रस्तुत गरका भिडियोमा उनले आफु काठमाडौँको रत्न राज्य लक्ष्मी क्याम्पसमा पढ्दा history of knowledge मा बुद्धको जन्म भारतमा भएको कुरा लेखिएको पहिलो पटक थाहा पाएकोले निकै दु:खी बनाएको कुरा पनि बोलेका छन् । सो पुस्तक पाठ्यक्रमबाट हटाउन माग गर्दा उल्टै आफैँ कलेजबाट वहिस्कृत हुनुपरेको तीतो यथार्थ बताएका छन् । र पछि विभिन्न आन्दोलन गरे पछि बल्ल सो पुस्तक पाठ्यक्रमबाट हटाइएको कुरा पनि खोलेका छन् । सोहि समय आफ्नो सतही अध्ययनले विश्वमा करिब ५० प्रतिशत पुस्तकहरुमा बुद्धको जन्म नेपालमा नभई कुनै अन्य देशमा भएको कुरा उल्लेख गरिएको जानकारी प्राप्त गरेको कुरा पनि खोलेका छन् । त्यसैले यस्ता गलत पुस्तकहरु नसच्याए समा गौतम बुद्धको जन्म नेपालमा नभई कुनै अन्य देशमा भएको भ्रम रही रहने खतरा रहेको पनि भनेका छन् । भगवान गौतम बुद्ध कुनै जात, धर्म, क्षेत्र विशेष नभई सिंगो नेपालको सार्वभौम, पहिचान, गौरवको विषय रहेको हुँदा त्यस्ता गलत शिक्षाको अन्त्य हुनु जरुरी रहेको कुरा बारम्बार दोहोर्याएका छन् ।
गलत भ्रम हटाउने उपाए
गायक राईले आफ्नो अभियानको भिडियोमा गौतम बुद्धको जन्मलाई लिएर भैलिएको भ्रमलाई हटाउन तीन वटा प्रभावकारी उपाएहरु अगाडी सरेका छन् ।
१) राईले बुद्धको जन्मको बारेमा भैलिएको भ्रमलाई चिर्न स्कुल, क्याम्पस, पुस्तकालयहरुमा रहेका गलत पुस्तकहरु सच्याईनु जरुरी रहेको बताएका छन् । बुद्धबारे लेखिएका पुस्तक पढाईहुने स्कुल कलेजका पुस्तक सच्याईए मात्रै त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले सहि जानकारी पाउने कुरा उल्लेख गरेका छन् । त्यस्तै पध्यक्रममा समावेश नभएका पुस्तकहरुमा पनि बुद्धको जन्म नेपालमा नै भएको कुरा उल्ल्केह गर्न जरुरी छ जसले गर्दा त्यस्ता पुस्तक अध्ययन गर्ने पाठकहरुले सहि ज्ञान पाउने र विस्तारै भ्रम हट्ने बताएका छन् ।
२) राईले बुद्धको जन्मको बारेमा भैलिएको भ्रम चिर्न नेपालका पर्यटकीय स्थानहरुमा बुद्ध नेपालमा जन्मिएका हुन् भेनेर लेखिएका ब्यानरहरु राख्न जरुरी भएको बताएका छन् । जसले गर्दा विदेशबाट आउने पर्यताखौले बुद्धको जन्म अन्य देशमा नभई नेपालमै भएको हो भन्ने जानकारी पाउछन् र आफ्नो देशमा गएर समेत बुद्धको वास्तविक जन्म नेपालमा नै भएको कुरा भैलाउदै जान मद्दत पुग्ने भनेर दोश्रो उपाए बताएका छन् ।
३) गायक राईले बुद्धको बारेमा भैलिएको भ्रम चिर्न नेपाली नोट र राहदानीमा समेत बुद्धको फोटो राखी बुद्धको जन्म नेपालमा भएको थियो भन्ने सन्देश भैलाउनु जरुरी रहेको कुरा उल्लेख गरका छन् । राईले नेपाली नोटमा बुद्धको फोटो राख्दा नेपाल आउँदा नेपाली नोट प्रयोग गर्ने सिलसिलामा पनि धेरै पर्यटकहरुले बुद्धको जन्मबारे वास्तविक कुरा थाहा पाउने छन् भन्ने तर्क सरेका छन् ।
त्यस्तै धेरै नेपालीहरु वैदेशिक रोजगारीमा जाँदा नेपाली पासपोर्ट हेरेर अन्य देशका मानिसहरुले बुद्धको जन्मबारे सहि कुरा थाहा पाउने छन् ।
युरोप टुरमा निस्कनु अघि पवित्र धार्मिक स्थल मुक्तिनाथ पुगेका राईले त्यहाँ पनि बुद्ध वाज वर्न इन नेपाल लेखिएको ब्यानर टाँसेका थिए । जसको मुख्य उदेश्य मुक्तिनाथ दर्शनका लागि जाने पर्यटकले सो ब्यानर देखेर गौतम बुद्धको जन्म नेपालमा नै भएको हो भन्ने जानकारी पुन भन्ने हो । युरोप यात्रामा रहँदा सार्वजनिक गरेको भिडियोमा आफुले गाएको लुकी लुकी गीत आफ्नो अधिकारबाट केहि म्युजिक कम्पनीले झुक्याएर लिएको तितो दु:ख पनि पोखे । जसले गर्दा आफुले अहिले आफ्नै गीतको लागि कानुनी लडाई लड्नु परेको यथार्थ खोले । त्यसै गरी गौतम बुद्धको जन्म नेपाल भएको हो भन्ने भ्रम संसार भर नहटे, अन्य कुनै देशले छलकपट गरि अझ भ्रम भैलाए झन् भयाभह स्थिति आउने खतरा रहेको बताए । त्यसैले हामी सबै नेपालीहरु एकजुट भएर आ-आफ्नो ठाउँबाट गौतम बुद्धको जन्म नेपालमा भएको हो भन्ने कुरा भैलाउनु एकदमै जरुरी रहेको कुरा पटक पटक औँल्याएका छन् । अभियानकै क्रममा राईले केहि स्थानीय पुस्तकहरुमा गौतम बुद्धको जन्म कहिँ भारतमा त कहिँ श्रीलंका त कहिँ थाईल्याण्डमा भएको भन्ने एकदमै भ्रमपूर्ण अध्यापन गराइने प्रति आफ्नो गहिरो दुखेसो पोखेका छन् । त्यस्ता पुस्तकहरु सच्याउन कदमहरु चाल्ने पनि प्रतिबद्दता जनाएका छन् ।
त्यस्तै स्पेनमा रहेको नेपालको राजदुतावासमा नै गएर त्यहाँका नेपालकी राजदुत दावा फुटी शेर्पासँग प्रत्यक्ष भेटेर बुद्धको जन्मबारे यूरोपमा भैलिएको भ्रमबारे दु:ख पोखेका छन् । शेर्पाले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वाचा गरेको कुरा राईले फेसबुकमा राखिएको फोटोहरुबाट बुझ्न सकिन्छ । राईले केहि समय अघि तिलौराकोटमा रहेको गौतम बुद्धको मुर्ति तोडफोड गर्नेहरुलाई सरकारले कारवाही नगरेकोप्रति पनि दुखेसो पोखेका छन् । साथै गएको केहि समय मात्रै लुम्बिनीको माया देवी मन्दिरमा एक भारतीयले बुद्धको जन्म भारतमा भएको हो भन्ने खुल्लेआम ब्यानर राखेको कार्यप्रति भ्रत्सना गरेका छन् । गायक राईले पोर्तुगलको लिस्बन, डेनमार्कको कोपनहेगन, फ्रान्सको पेरिस ईफेल टावर अगाडी, स्पेनको वार्सिलोना, रियल म्याड्रिट, ईटालीको पिसा टावर अगाडी, मिलान, भेनिस शहरहरुमा पुगेर बुद्ध नेपालमा जन्मिएको हुन् भन्ने सन्देश बोकेको ब्यानर देखाउने एवं टाँस्ने गरेका छन्, उनको यो पवित्र कार्यलाई आउनुहोस हामि पनि आ-आफ्नो तर्फबाट साथ दिउँ, बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो भन्ने कुरा विश्व सामु पुर्याउँ र पर्यटन वर्ष २०२० मा धेरै भन्दा धेरै पर्यटक भित्राई पर्यटन वर्ष सफल पारौं ।
तस्विरहरु: धिरज राईको फेसबुकबाट