लोक तथा दोहोरी गायक नकुल ढकाल नविनको सामाजिक विकृत जुवातास बिरुद्धको चेतनामुलक गीत” मुखियाको नाती” सार्वजनिक भएको छ । चर्चित लोक गायक बषन्त थापा,नकुल ढकाल र अमित विश्वकर्माको संयुक्त स्वर रहेको यस गीतको शब्द स्वयम गायक तथा सर्जक नकुल ढकालको रहेको छ भने संगीत गायक धुर्व जि.सी. ले गरेका हुन । समाजमा ब्याप्त विकृतिको रुपमा रहेको जुवातास लाई मध्यनजर गर्दै ढकालले सन्देशमुलक गीत सार्वजनिक गरेका हुन ।

समय अनुसार भिन्न भिन्न शैलीको सृजना गर्ने ढकालको यस भन्दा पहिलेपनी उखान युद्द, रोइला लगायत का चलेका गित बजारमा आएका छन । नेपाली कलाकारीतामा अब्बल देखिने एक बहुप्रतिभाशाली कलाकार सुरबिर पण्डित, नकुल ढकाल, म्याग्देली गायक तथा हास्य कलाकार रबि कार्की , संचारकर्मि तथा गायक अमित विश्वकर्मा दिपा पौड्याल लगाायतको अभिनय देख्न सकिने यस गीतमा गायक ढकाल आफु मुखियाको सन्तान भएतापनी जुवातासको लतमा फसे पछि दिन प्रतिदिन बिग्रदै जान्छन यसो गर्दै गर्दा उनले आमा श्रीमती को गहन्ना घर जग्गा सबै बेची अन्तिम मा श्रीमती समेत बाजि लगायर हारेपछी अन्तिममा आफु जुवातास कै कारण पागल बन्न पुगेको यो म्युजिक भिडियो कालजयी र उच्च सफलताको कामना गर्दछौ।
बाकी भिडियोमा हेर्नुस।
सुसन परियार बिसर्जन
वार्स पोल्यान्ड