चितवनमा खिचरा (माघी)को महोत्सविकरण

एस डी अर्पण
१५ जनवरी, वार्सवा । संस्कृति आफैमा एउटा बृहत शब्दावली हो । सामान्य अर्थमा संस्कृतिले हाम्रो चाडपर्व, रितिरिवाज, परम्परा, संस्कारहरुलाई बुझाउदछ । तर अथार्थमा संस्कृतिले हामीले मान्दै आएको चाडपर्व, जन्म मृत्यु संस्कार, मान्ने धर्म, परम्पराहरु,लवाई खवाई, बोल्ने भाषा, रितिरिवाजहरु देखि लिएर हाम्रो बानी व्यहोरा सबै कुराहरुलाई समेट्दछ । यसरी संस्कृतिको सर्वमान्य हिसाबले परिभाषा गर्ने श्रेय ब्रिटिश मानवशास्त्री इड्वाड बुनेट टाइलरलाई जान्छ । उनले सन् १८७१ मा प्रकाशित प्रिमिटिभ कल्चरमा संस्कृतिलाई एक सर्वमान्य एवं निकै बैज्ञानिक ढंगले परिभाषा मात्रै गरेनन्, संस्कृतिको हरेक दृष्टिकोणबाट ब्याख्या र विश्लेषण पनि गरे । त्यसैले हामी समाजको एक सदस्यको हिसाबले गर्ने हरेक क्रियाकलाप हरु हाम्रो संस्कति भित्र पर्न जान्छ । तर समय परिस्थिति, बदलिदो नयाँ पुस्ता, विश्व्यापिकरणले समाजका संस्क्रितिहरु पनि परिवर्तन हुदैन जान्छन् । नेपालको केहि प्रमुख जनजातिहरुले आफ्नो नयाँ वर्षको रुपमा मान्दै आएको माघीमा पनि परम्परागत रुपमा भन्दा बिगत केहि वर्षहरु देखि नयाँ स्वरुपमा मान्दै आएको देखिन्छ। बिशेष गरि माघीलाई थारुहरुको प्रमुख चार्डको रुपमा लिइन्छ, यसका अलावा गुरुङ, मगर, लिम्बु, नेवार, भुजेल, कुमाल, छन्त्याल आदि समुदायले बिशेष महत्व दिएर मान्छन् । यी सबै समुदायहरुले मान्ने माघी आ आफ्नै शैली छन् । जसले गर्दा एउटै पर्व पनि फरक समुदायमा फरक तरिकाले मनाउने चलनले गर्दा विविधता देख्न सकिन्छ । माघी नेपाली पात्रो अनुसार माघ महिनाको एक गते मनाइने कुरामा दुई मत नभए पनि समुदाय र ठाउँ अनुसार मघिको नाम पनि आ आफ्नै छन् । यो सानो लेखमा यी सबै समुदायको माघीको चर्चा गर्न गाह्रो छ । यहाँ चितवनका थारुहरुमा माघी मान्ने शैलीमा देखिएको परिवर्तनलाई विश्लेषण गर्न खोजेको छु ।

 

81376384_2548143501968257_8131876948356890624_o

चितवनमा रहेका थारु समुदायले माघीलाई खिचारा भनिन्छ । जसलाई पुषमा पकाएर माघमा खाने चार्डको रुपमा पनि लिइन्छ । परम्परागत रुपमा खिचाराको आफ्नै ईतिहास छ यद्यपि कहिले देखि थारु हरुले खिचारा मनाउन थालेका हुन् त्यो कुरा भन्न गाह्रो छ । तराई पुनर्वास अघि चितवन चार प्रगन्नामा विभाजित थियो, सझोट, गहिडोवार, बेलोध र चितवन। यो प्रगन्ना हरुमा भएको जग्गा जमिनको रेख देखको जिम्मा त्यहि रहेका जमिन्दार हरुको थियो। गाउँ हरुमा पनि साना जमिन्दारहरु हुन्थे । ति जमिन्दारहरु संग प्रसस्त बिर्ता जग्गाहरु हुन्थे, जसको रेखदेख, खेतिकिसानी गर्न जमिन्दार एक्लैलाई गाह्रो हुन्थो त्यसैले जमिन्दारहरुको घरमा हलीको रुपमा साना किसानहरु बस्दथे। ति किसानहरुलाई रैती भनिन्थ्यो, ति कतिपय रैतीहरु त परिवारका सम्पूर्ण सदस्यहरु सहित दमिन्दार कै घरमा बस्दथे । यसरी बसेका परिवारहरुले जमिन्दारको घरमा सकेको कम हरु सघाउने गर्दथे र जमिन्दारले पनि उनीहरुलाई खानपिन, आवास देखि लत्ता कपडाहरुको ब्वास्था गरि दिन्थे । सम्पूर्ण परिवार जमिन्दार कै घरमा बस्ने भएकोले केहि अप्ठेरो पर्दा पनि जमिन्दारले नै हेर्ने गर्थे । त्यति मात्र नभई रैतिहरुलाई वार्षिक ज्यालाको व्यवस्था पनि दिन्थे जमिन्दारले । यसरी ज्याला दिने समय चाँही खिचारा चार्डलाई लिएको थियो । यस दिन सबै जमिन्दारका सबै आफन्तजन टाढा रहेका छोरी चेलीहरु जोइहरु बोलाएर रैतीहरुसंगै खिचारा मनाएर रैतीको वर्ष भरिको ज्याला बुझाउनु साथसाथै केहि धन चामल, नुन तेल, खुर्सानीहरु दानका रुपमा दिन्थे । यसरी वर्ष दिनको ज्याला मजदुरी पाएर रैतीले अर्को वर्षको लागि आफुलाई मन परेको जमिन्दार छानेर बस्ने छुट हुन्थ्यो, यद्यपि पुरानै जमिन्दारको मा पुन: बस्न पनि पाउथ्यो ।
खिचारा माघ १ गते मनाइए पनि यसको तयारी अघिल्लो दिन नै हुन्छ । पुषको अन्तिम दिन जसलाई चितवनका थारुहरुले मच्वारी भन्दछन् । यसै दिन बिशेष महत्व राखेको अनदीको चामललाई भिजाएर उस्सिन्ने गरिन्छ । जुन सेलाए पछि साँझ सानो सानो डल्लो बनाएर भोर्लाको पार या केराको पातलाई ओईलाएर बिशेष किसिमले बढेर राखिन्छ । यसरी उसेनेको अनदिको भातलाई चीचर भनिन्छ भने डल्लो परि पोको बाधिको चिचरलाई प्वाका भनिन्छ । त्यसै दिन माछा, मासुहरुको व्यवस्था गरि पक्काएर राखिन्छ । थारुहरुमा एउटा के मान्यता छ भने चार्डपर्वको दिन काटमार गर्नु हुदैन किनकि चार्डको दिन पशुपन्क्षिहरुलाई पनि चार्ड मनाउन दिनु पर्छ । खिचराको दिन भने जतिनै जाडो भए पनि नुहाउनै पर्ने मान्यता छ । यदि कोहि ननुहाई प्वाका खाएमा अशुद्ध भईन्छ बन्ने बिश्वास छ । त्यसले सकेसम्म नजिकैको खोला नदीमा स्नान गरि शुद्ध भएर मात्रै खिचरा मान्ने प्रचलन चलि आएको छ । त्यस्तै धार्मिक आस्था हुनेहरुले देवघाट धाममा गएर नारायणी नदीमा स्नान गरे अझै पवित्र भईन्छ भन्ने धार्मिक विश्वाश रही आएको छ । त्यसैले यस दिन टाढा टाढाबाट श्रदाल्लु भक्तजनहरु देवघाट धाममा गएर स्नान गर्ने हरुको घुइचो लाग्दछ । यसरी स्नान गरि आएका मानिसहरुले प्वाकालाई आगोमा पुन: तताएर स्वाद मानी मानी खाने चलन छ ।

समयसंगै चितवनमा खिचरा मान्ने प्रचलनहरु फेरिदै गएको पाईन्छ । तराई पुनर्वाससंगै जमिन्दारहरुका जागा रैकरमा परिवर्तन भए, भुमिहिन किसान रैतीहरुले जग्गा पाए । जमिन्दारहरुले पनि हाली कमैया राख्न बन्चित गरियो । तर हरेक वर्ष मानिने खिचराको परम्परालाई आफ्नै किसिमले निरन्तरता दिदै गए । पहिला रैतिहरुलाई खिचरामा दिने दान दक्षिणाहरु जोगीहरुलाई दिन थालियो । तर जोगीहरु नआउँदा मामाले आफ्ना भान्जाहरुलाई पनि दान दिने गरिन्थ्यो । तर अहिलेको बैदेशिक रोजगारीमा जाने प्रवृत्तिले मामा भान्जा भेटहुने अवस्था कम हुने हुँदा दान दक्षिणा परम्परा धेरै कम भैसकेको छ । त्यसै गरि पहिले मग मग वास्ना आउने लोकल अनदीको उत्पादन घट्दै गएपछि अन्य विकासी अनदीहरुले स्थान पाएका छन् । जसको प्रमुख कारण जलवायु परिवर्तनले लोकल अनदी धनहरुको उत्पादनमा आएको ह्रासले गर्दा हो । त्यस्तै पहिले जंगल गएर भोर्लाको पात टिपेर ल्याउने बातावरण नहुँदा केराको पातमा प्वाका बाँध्ने प्रचलन बढेको छ । त्यति मात्रै नभएर खिचारामा बिशेष महत्व राख्ने माछा पहिले स्थानीय नदीहरुमा गएर मार्ने गरिन्थ्यो भने अचेल पोखरीका विकासी माछाहरु ल्याउने गरेको देखिन्छ ।

खिचरा मनाउने शैलीमा आएको परिवर्तनसंगै खिचरालाई नै बिशेष महत्व दिएर चितवनमा विभिन्न महोत्सवहरु आयोजना हुने गरेका छन् । खिचरालाई नै केन्द्रित गरेर यसपाली सबै भन्दा धेरै चार /चार महोत्सवहरु आयोजना भएका छन् । पूर्वी चितवनमा हरेक वर्ष आयोजना हुने खिचरा महोत्सवले यसपाली ७ औं संकरण पुगी सकेको छ । जुन पौष २७ देखि माघ ७ गते सम्म चल्ने छ । त्यस्तै यसैपालि देखि सुरु गरिएको माडी क्षेत्रमा माडी खिचरा महोत्सव र पश्चिम चितवनमै बेलोध खिचरा महोत्सव, र थारु संस्कृतिक खिचरा महोत्सव आयोजना भएका छन् । यी ३ महोत्सव पुस २९ बाट सुरु भएका छन् । समापन मिति भने माडी खिचरा महोत्सवको माघ ६ गते, बेलोध खिचरा महोत्सवको माघ ४ र थारु सांस्कृतिक खिचरा महोत्सवको समापन आजै अर्थात् माघ १ मा राखिएको छ । यसरी आयोजना भएका खिचरा महोत्सवको मुख्य उदेश्य भनेको थारुहरुको खिचरा चार्डलाई अझै उजागर गर्नु हो । महोत्सवहरुमा थारु सांस्कृतिक प्रदर्शनहरु देखाउनुको साथै महोत्सवमा धेरै भन्दा धेरै थारु परिकारका स्टलहरु राखेर विभिन्न परिकारहरुको व्यवस्था गरिएको हुन्छ । त्यतिमात्रै नभएर राष्ट्रिय एवं स्थानीय कलाकारहरुले दैनिक रुपमा प्रस्तुत गर्ने सांस्कृतिक क्रार्यक्रमहरुले दर्शक श्रोताहरुलाई थप मनोरंजन प्रदान गर्ने गरको छ । यसरी समय परिस्थितिसंगै चितवनमा खिचरा मान्ने शैलीहरु फेरिदैन बदलिदै परिवर्तन हुदै अचेल महोत्सवीकरण भएको स्पस्ट देखिन्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.