१३ जनवरी, वार्सावा । लामो समय देखि नेपाली चलचित्र नगरीमा चरित्र अभिनेताका रुपमा चिनिएका अभिनेता एवं निर्माता युरोपको विभिन्न देशहरुमा नेपाली चलचित्रको भ्रमणका क्रममा पोल्याण्डमा पनि केहि समय मिलाएर आउनु भएका अनुराग कुंवरले नयाँ आउने कलाकारहरुलाई अध्ययन गरेर आउन सुझाउनु भएको छ। नेपाली कथानक चलचित्र के यो माया हो बाट नेपाली सिने नगरीमा प्रवेश गर्नु भएका कुँवर वडा न. ६, रातो घर, ए मेरो हजुर २, छक्का पन्जा ३, दाल भात तरकारी जस्ता सफल चलचित्रहरुमा आफ्नो अभिनय कौशलका कारण धेरै दर्शक श्रोताहरुको मनमा बस्न सफल हुनु भएको छ । एस एम एस सर्विस एवं पोल्याण्ड नेपालको संयुक्त रुपमा आयोजना गरेको अत्यधिक कुरिएर सेवा लिनु हुने रजनी प्रधान र रविन्द्रमान श्रेष्ठ तथा उत्कृष्ठ पत्रकारिता कार्य सम्पादन गरे बापत सुशन परियारलाई बिशेष समान कार्यक्रममा बिशिष्ठ अतिथिका रुपमा आउनु भएका कुंवरलाई हामीले नेपाली चलचित्र क्षेत्रको बारेमा केहि जिज्ञाशा राखेका थियौ ।
इनास पोल्याण्डका प्रवक्ता एवं पोल्याण्ड नेपालका कार्यकारी सम्पादक शिवधर महतोले राख्नु भएको संख्यात्मक रुपमा धेरै निर्माण हुने नेपाली चलचित्रहरु, किन थोरैले मात्र सफलता प्राप्त गर्छन ? भन्ने एक प्रश्नमा कुँवरले कलाकार मात्र राम्रो भएर भएन चलचित्रको सम्पूर्ण टिम नमिले सम्म राम्रो चलचित्र बन्न सक्दैन, उदाहरणका लागि चलचित्रमा निर्देशक, पटकथा, कलाकारको अभिनय, कथावस्तु, गीत संगीत साथै प्रस्तुतीकरण हरेक कुराहरु मिलेमा मात्रै एउटा उत्कृष्ठ चलचित्र बन्न सक्ने र त्यस्ता चलचित्रले मात्रै सफलता प्राप्त गर्न सक्ने बताउनु भयो । त्यस्तै चलचित्रको मुटु भनेको कथावस्तु र प्रस्तुतीकरण साथै कलाकारको अभिनय नै चलचित्रको मुटु भएको पनि कुँवरले जिकिर गर्नु भयो । साथै परदेशमा रहेका नेपालीहरुले पनि राम्रा नेपाली चलचित्र हेरेर राम्रा नराम्रा प्रतिक्रिया दिदाँ नेपालमा रहेका कलाकारहरुलाई हौसला एवं निकै प्रोत्शाहन मिल्ने कुरालाई जोड दिनु भयो । त्यस्तै तपाईले अभिनयका लागि कसरी चलचित्र छान्नु हुन्छ भन्ने अर्को प्रश्नमा उहाँको जवाफ चलचित्रको कथावस्तुलाई नै प्रमुख प्राथमिकता दिने गरको बताउनु भयो । त्यति मात्रै होइन चलचित्रमा आफ्नो भूमिका के छ र त्यो चरित्रमा आफुलाई कत्तिको ढल्ला सकिन्छ त्यो कुरा बिचार गरेर मात्रै आफुले चलचित्रमा अभिनय गर्ने गरेको बताउनु भयो । चलचित्र निर्माताहरुले पनि हचुवाको भरमा चलचित्र निर्माण गर्नु भन्दा कथावस्तुको गहिरो रुपमा अनुसन्धान गरि सोहि बमोजिम कलाकारहरु छनौट गर्नु जरुरि रहेको कुँवरले भन्नु भयो । चलचित्रको बजेटले भन्दा पनि चलचित्र भित्रको कथा, पटकथा र अभिनयले नै चलचित्रलाई सफल बनाउन मद्दत गर्नेमा कुनै दुई मत नरहेको बताउनु भयो । त्यसै गरि पोल्याण्डमा रहेका नेपालीहरुले नेपाली कला एवं संस्कृतिलाई चिनाउन उल्लेख्य भूमिका खेलेकोमा निकै खुसि भएको बताउनु भयो । सोहि अवसरमा हरेक घरमा धारो हरेक धारोमा पानीको नारा सार्थक पार्नका लागि पनि अभियन्ता मित्रलाल पार्देसंग ऎक्यबद्द्ता समेत जनाउनु भएको थियो ।