
पोल्यान्ड नेपाल निवर्तमान सम्पादक कलश खरेल संस्थापक सम्पादनमा रहि पोर्चुगलबाट नमुना नेपाल आज देखि शुभारम्भ गरेका छन् ।
नमुना नेपालको उत्तरोत्तर प्रगतिको कामना पोल्यान्ड नेपाल गर्दछ ।
उनी आफ्नो वेबसाईट मार्फत लेख्छन्
हामी पनि नयाँ बर्षको प्रारम्भबाट नविनतम सोंच र योजनाकासाथ सत्य, तथ्य, निष्पक्ष सूचना र समाचार सम्प्रेषण गर्ने उद्देश्यकासाथ “नमूना नेपाल” लिएर तपाईहरु समक्ष आएका छौं ।
अहिले हाम्रो देश नेपाल विकास र समृद्धिको नयाँ गोरेटोमा अग्रसर छ। हामी हाम्रो देश नेपाललाई विश्व कै एउटा शान्तिप्रिय ,लोकतान्त्रिक, समृद्ध र सुखी नमुना देश बनाउन चाहन्छौं अर्थात सबैकालागि नमूना नेपाल निर्माण गर्ने दृढ संकल्पमा छौं।
समृद्ध नेपाल, सुखी नेपाली भएको संसारकै नमूना राष्ट्र बनाउन मिडियाको क्षेत्रवाट समेत केही योगदान पुर्याउने हेतुले आजैवाट “नमूना नेपाल डटकम” अनलाइन पोर्टल शुरु गरेका छौं ।
आजको दिन नेपाल भ्रमण वर्ष-२०२० को प्रारम्भको दिन पनि हो । शान्तिका अग्रदुत भगवान गौतम बुद्ध र विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाललाई संसार कै एउटा आकर्षक गन्तव्यको रूपमा व्यापक प्रचारप्रसारद्वारा सुपरिचित बनाउनु छ । त्यसकोलागि आजको दुनियाँ द्रुतगतिको संचार माध्यमको ठूलो भूमिका रहन्छ ।
हामी नमूना नेपाल डटकम मुलतः युरोपेली मूलुक पोर्तुगलवाट संचालित गर्नेछौं । हामी पोर्तुगलका नेपाली समुदाय र पोर्तुगलको सूचना र समाचारलाई पहिलो प्राथमिकताकासाथ सम्प्रेषण गर्नेछौं।
तर हामी हाम्रो देश नेपाल र संसारभरिका नेपालीहरूको आवाजलाई उत्तिकै महत्त्वकासाथ सदैब कलमका माध्यमद्वारा बुलन्द गर्नेछौं । हामी न कसैको पक्षमा उभिन्छौं न कसैको विपक्षमा मात्र निष्पक्ष भएर पत्रकारीताको राष्ट्रिय अन्तर्राष्ट्रिय मूल्य र मान्यता बमोजिम संचालित हुनेछौं ।
तपाईंहरुबाट सधैं विश्वास,भरोसा, सहयोग र शुवेच्छा पाउने अपेक्षा लिएका छौं। “नमूना नेपाल” सूचना र संचारको एउटा भरपर्दो साथीकोरूपमा सधै तपाईहरुको साथसाथै हिड्ने छ । तपाईहरुको सत्य सूचना र समाचार हरदम दृढतापूर्वक सम्प्रेषण गर्नेछ ।
नयाँ बर्ष सन् २०२० को हार्दिक शुभकामना सहित ,
कलश खरेल
संस्थापक सम्पादक
नमूना नेपाल डटकम