
सर्बप्रथम पोल्यान्डनेपालका संरक्षक एबम प्रधान
सम्पादक,कार्यकारी सम्पादक एबम आबद्ध अन्य साथिहरुमा हार्दिक नमन।सायद हाम्रो औपचारिकरुपमा लामो समयसम्म सम्बाद भएको थिएन।जहाँ केही कामका तथा समस्याका जटिलताहरु थिए होलान।पोल्यान्ड रहेर पत्रकारितामार्फत केही गर्नु पर्दछ ,केही बिकासक्रमलाइ उजागरगर्दै बिकृती बिसङ्गतीलाइ हामिले उखेल्ने प्रयत्न गर्यौ जुन आज सम्म जारी छ।पोल्यान्ड नेपाल आफैमा सुन्दर नाम यसको व्याख्या बिबेचना गर्ने शब्द पनि अपुरो लाग्छ। व्यक्तिगत रुपमा भन्नू पर्दा मेरा लागि पोल्यान्ड नेपाल मियोको रुपमा मुखारित हुन पुग्यो ।भलै एउटा व्यक्तिले निरन्तर पत्रकारहरुको हकहितको लागि पोल्यान्ड जस्तो कठिन देशमा निस्वार्थ निरन्तर लागिरह्यो । पोल्यान्ड नेपाल बर्षौदेखी निरन्तर दिइरह्यो । आज बिदेशमा घन्टा घन्टाको महत्व हुने अवस्था र कसैसित खासै सित नझुकेर पोल्यान्ड नेपाल अनवरत लागिरह्यो ।मलाई पोल्यान्ड नेपालले लगाएको गुन सदा स्मरणीय छ साथै पोल्यान्ड नेपालमा रहेर भलै हाम्रा समाचार,लेख र सम्बाद कसैका लागि उचित भए होलान भने कसैका लागि बिरोधाभाष पनि यद्दपी हामिले कदापी निस्पक्ष ,सत्य -तथ्यलाइ खबर प्रबाहलाइ गलत बाटोमा सम्झौता गरेनौ र गर्दैनौ पनि।पोल्यान्ड नेपाल सङ्ग मेरो मन जोडियो,तन जोडियो,कर्म जोडियो एक हिसाबले युरोपको माटो जोडियो। तर आज दुख र खुशी दुइवटै थपिएको छ।दुबैतिर सम्पादकिय पदमा बसेर कार्य सम्पादन गर्न नमिल्ने बाध्यताका कारण आजैका मिति देखि लागू हुने गरि मैले पोल्यान्ड नेपालको सम्पादक पदबाट राजिनामा दिएको जानकारी गराउदछु। केही दिन भित्रै अर्को नयाँ अनलाइन खबर नमुना नेपाल अनलाइन खबर मार्फत तपाइहरु माझ हामी जोडिने छौ।राजिनामा दिएतापनि पोल्यान्ड नेपालप्रतिको माया ,सदभाब,सहकार्य सदैब जारी रहने छ।मेरो पत्रकारिता यात्रालाई थप सबल बनाउन सदैब उत्प्रेणा प्रदान गर्ने ,एक हिस्सा प्रदान गर्ने मनका धनी ,निस्कपट,हितकारी ,कल्याणकारी आदरणीय गुरु मित्रलाल पार्दे प्रति म सदाबहार रिणि रहने छु।यो यात्रा सम्म सहयोग गर्नु सम्पुर्ण साथिहरुलाइ हृदय देखि आभार व्यक्त गर्दछु।आगामी दिनमा पनि उचित सल्लाह -सुझाबको अपेक्षासहित बिदा हुन्छु।जय होस।।
सधै पोल्यान्ड नेपालको उन्नति र प्रगति होस् भन्ने कामना गर्दै
कलश खरेल
पोर्चुगल