केही समय पर्ख अाउँछु भनेकै त थिएँ।
माया गर्छु मन पराउँछु भनेकै त थिएँ।।
किन भन्छौ यी अाँखामा अाँसु रोकिएन।
कि हसाउँछु कि रुवाउँछु भनेकै त थिएँ।।
जस्तो लाग्छ यस्तो उस्तो मन लागि गर्छु।
तिमी माथि हक जमाउछु भनेकै त थिएँ।।
थोरै गाली गर्दा कराउँदा रिसाउँछौ किन।
कहिलेकाहीँ त सताउँछु भनेकै त थिएँ।।
यो संसार हेर भनी मेरो अाँखा दिएको हुँ।
याद अाउने पल बनाउँछु भनेकै त थिएँ।।
✍️बबिता भुजेल बबि
खोटाङ