१६ डिसेम्बर, वार्सवा । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) पोल्याण्ड नयाँ कार्य समितिको हिजो हिमालयन यतिमा बसेको बैठकले केहि रिक्त पदहरुमा पद पूर्ति गर्ने गरी निर्णय पारित गरेको छ । ईनासकी अध्यक्ष रिता न्यौपानेजी संयोजकत्वमा सम्पन्न बैठकले पोल्याण्डमा रहेका सक्रिय संघ संस्थाहरुका प्रमुखहरुलाई सल्लाहकारको रुपमा राखिने निर्णय गरिएको छ । ती सल्लाकारहरुको संयोजकका रुपमा एन आर एन पोल्याण्डका संस्थापक अध्यक्ष डा बोधराज सुवेदीज्युलाई राख्ने समेत निर्णय बैठकले पारित गरेको छ ।,साथै इनास पोल्यान्ड संरक्षकमा इनास ग्लोबल संस्थापक मित्र लाल पार्देलाई राखिएको छ ।
त्यस्तै ईनास पोल्याण्डको ग्लोबल कमिटि प्रतिनिधिको रुपमा पत्रकार तथा साहित्यकार शुसन परियार बिसर्जनको नाम पारित गरिएको छ । साथै साहित्य साहित्य संयोजकको रुपमा पनि परियारलाई उपसमिति बनाउने अधिकार दिइएको छ । बैठकमा उपस्थित हुन नसकेका परियारले आफु उक्त पदमा रहन इच्छुक भएको सहमति जाहेर गरेका थिए । त्यसैगरी ईनास पोल्याण्ड कै सांकृतिक उपसमिति अन्तर्गत उपाध्यक्ष सन्तोष अधिकारीलाई आफ्नो मातहतमा सांस्कृतिक उपसमिति बनाउन आग्रह गरिएको छ । ईनास केन्द्रिय समितिका सल्लहकार मित्रलाल पार्दे ज्यु ले सहजीकरण गर्नु भएको बैठकमा अन्य विविध बिषयहरुमा पनि छलफल भएको छ ।