डर
°°°
जुनदिनदेखि
तिमीलाई मुटुभित्र सजाएर-
‘तिमी मेरि मुटु हौ’ भनेको थिए।
त्यही दिनदेखी…
मेरो मुटु-जोड जोडले धड्किरहेको छ।
कहिलेकहि भयानक डर लाग्छ-
तिमी मेरो मुटुबाट बेफिक्री निस्किदियौ भने..??
आँसु
°°°°°
रुन त यो साँझ पनि रुन्छ बेस्सरी।
रुन त यो आकाश पनि रुन्छ बेस्सरी।
यी नदि,
खोला र तालहरु आफ्नै बेदनामा रोलान सधै।
रुदाहुन-यी ताराहरु,यी फूलहरु।
जूनपनी रुदो हो-भक्कानिएर आफ्नै पिडामा।
रुन त मेरो मन पनी रुन्छ-तिमी बसेको मुटुको छेवैमा।
तर मनको आसुले तिमीलाई बगाउछ भनेर
डराई-डराई रुन्छन यी आँखाहरु अचेल।
हो-
रोएर तिमीलाई बगाउन सक्दैन यो आँसुले कदापी।
गुनासो
°°°°°°
भुलेर तिमीलाई-
कस्लाई सम्झिए हुंला बेस्सरी मैले?
दिनमा कति पटक पठाए हुंला बाडुल्की तिमीलाई?
हेरेर तिम्रो तस्विर-
कति ओठ मुस्कुराए हुंला निस्फिक्री?
कति नापे हुंला-
त्यहि तस्विरमा फैलीएको मुस्कानको क्षेत्रफल?
र,
कति बढाए हुँला आयतन-छातीमा प्रेमको?
केही हेक्का नराखी भन्दियौ-
‘तिमीले मलाई भुलीसकेछौ’……।।
कवि :- देबराजन बस्नेत (फेसबुक बाल बाट)