आखिर बाचिएकै त छ!
तिमी उता भिजाउदै आँखा
छुदै मेरो तस्बिर
हर रात झस्किदै बिउझदै
आडैमा छाम्दा चिसो ओछ्यान मा
कत्ति तिम्रा यौवाना
कत्ती तिम्रा रहर हरु
कत्ती तिम्रो मात लाग्दो जवानी
आशुका धारा मा बितेका छन
के सोधु म कहाँ कहाँ झर्छ आँसु भनेर?।
कुनै दिन पाठसाला बाट ढिला घर फर्किदा
आगनिको डिल मा कुर्कुचा उचाली उचाली हेर्ने मेरि आमा
आज के गर्दै होलिन?
उडिरहेको जहाज देखेर पनि रुन्छिन होला
मेरो तस्बिर बात्सल्यमा चेपेर पनि रुन्छिन होला
डाडामाथिको घाम भएका मेरा बुढा बा
जस्को काध मा बुइ चढेर सुरक्षित हुन्थे
आज बा को जिउनी बन्धक राखेर
आमाको मंगलसुत्र धितो राखेर
म चढेको जहाज मा असुरक्षित महसुस गर्दै बिदाइ गर्ने मेरा बा
सिरानी मा सुस्केरा हाल्दै
रातै भरी मेरो दिर्घायु र सु स्वास्थ्य को कामना गर्दा गर्दै
कत्तिबेला गाला हुँदै कान सम्म झरेर
चिसो भएको आशु पुछ्दै विहान उठेका होलान
कसरी सोधु ए बा ए आमा
भन्नुस न कहाँ कहाँ झर्छ आँसु भनेर?
उफ्फ्फ उस्तै त हो
कथा पनि ब्यथा पनि
तिमी उता रुदा म यता हुदा
ओभाना त कहाँ छन र मेरा नयन
न म निस्फिक्री छु
न भरिपुर्ण हु
आधा आधा भएको छु
बा को कुप्री परेको ढाड
सेतो कपाल र थरथर काप्ने गोडा सम्झन्छु
सम्झनामै झरिदिन्छन आँसु
आमाको दुख सम्झन्छु
बर्सौ नफेरेको गुन्यु सम्झन्छु
सुस्केरा हाल्दै आइज न बाबू भन्नेको बोली सुन्छु
हर शब्दमा आँसु झरिदिन्छन
कोहि नसोध मलाइ कहाँ लहा झरिदिन्छ आँसु भनेर?
हर रात , हर दिन
हर पल , हर क्षण
हर घडी हर रोज
के भनु
सुक्क सुक्क गर्दै
आखाभरी आशु भर्दै प्यारिको भिडियो कल आउँछ।
यस्तो लाग्छ उडेर जाउ
यस्तो लाग्छ फर्किदिउ घर
र पूरा गरु मन भरिका बात
पोखिदिउ तन भरी को रहर
रहर सङ्गै सम्झन्छु अर्को रहर
तोते बोल्ने छोराको
ड्यादी मलाइ हदुल को कत्तो याद आउँछ
छित्तै घल आउनु ल
पुरै मरे झै हुन्छु
जमिन भासिय जस्तो आकाश ले थिचे झै हुन्छु
सम्झन्छु तोते बोल्ने छोरा को
बोली सङ सङै झर्छन आँसु
कोहि नसोध परदेशी लाई कहाँ कहाँ झर्छन आँसु भनेर?
के भन के बताउ
के लेखु के सुनाउ
यता म कसैको दास भयर बसेको छु
उता प्यारी जिउदो लास भएर बसेकी छन
जब सम्झन्छु आधा मरे झै हुन्छु
र मन सम्हाल्न झरिदिन्छ आँसु
र त ढुक्क छु एकदिन आउने छ समय
एक दिन छाउने छ खुसी
हो अब कोहि नसोध मलाइ
कोहि न सोध प्रदेशी लाई
कहाँ कहाँ झर्छ आँसु?
कहाँ कहाँ झर्छ आँसु?।।
एस पि बिसर्जन
वार्स पोल्यान्ड