केहि समय अगाडि भारतले नेपालको कालापानी ,लिपुलेक लगायतका ठाउँहरुको सिमा अतिक्रमण गरी राजनैतिक नक्सा श्राबजनिक गरेको थियो।उक्त बिषयको बिरोधमा नेपालमा मात्र नभएर नेपालीहरु बसोबास गर्ने बिदेशी मुलुकहरूमा समेत प्रदर्शन भए।त्यसै सेरेफेरोमा केहि दिन अगाडि पोर्चुगलमा पनि एन आर एन ए पोर्चुगलको अगुवाईमा विभिन्न क्षेत्रका नेपालीहरुको उपस्थितिमा भारतीय राजदुतावास अगाडि विरोध प्रदर्शन गरियो।यद्यपि विरोध प्रदशनका क्रममा झण्डानै उल्टो हुँदासमेत आयोजकले थाहा नपाएको वा नियतबस गरिएको भन्दै नेपालिहरुले बिरोध जनाएका थिए।उक्त बिषयलाइ लिएर नेपाली समाज पोर्चुगलले आज एक विज्ञप्ती जारी गर्दै घोर भत्सर्ना गरेको छ।नेपाली झण्डाकै घोर अपमान भएको भन्दै समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।यस्तो खेदजनक कार्यको तत्काल नैतिक जिम्मेवारी लिई आम नेपाली समक्ष माफी माग्न समाजले एन आर एन पोर्चुगललाई सुझाव दिएको छ ।यदि तत्काल यो कदम नसच्चाए प्रचलित कानुन अनुसार कानुनी उपचारमा जाने समाजले चेतावनी दिएको छ।विज्ञप्तीको पुर्ण पाठ यस्तो छ: