एस डि अर्पण
०८ डिसेम्बर, वार्सावा । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) अर्थात ईनास पोल्याण्ड शाखाको तेश्रो अधिवेशन वार्सावाको हिमालयन यति रेस्टुरेन्टमा केन्द्रिय समिति सल्लाहकार एवं ईनास बिधान मस्यौदा समिति संयोजक मित्रलाल पार्देको संयोजकत्वमा सम्पन्न भयो । सुप्रानेसनल मिस प्रतियोगी 2019 कि रोज लामाको प्रमुख आतिथ्यता एवं एन आर एन पोल्याण्डका अध्यक्ष नरेश सापकोटा , एन आर एन आइसिसि सदस्य डा बोधराज सुवेदी जन सम्पर्क समिती अध्यक्ष डा अलिनी पोखरेल सुवेदी प्रवासी मंच संयोजक टन्क कटुवाल साझा सदभाव समुहका संयोजक बिकास दोङ गुल्मी समाज पोल्यान्डका प्रकाश तिवारी निवर्तमान इनास कार्यबाहक अध्यक्ष अमित कुमार यादव को बिशेष आतिथ्यमा सम्पन्न अधिवेशनले ईनास पोल्याण्डले पोल्यान्ड भर हरेक कला साहित्य एवं नेपालीहरुलाई समेट्ने अभिप्राय राखी नयाँ कार्यसमिति चयन गरिएको छ । पत्रकार समितिका महासचिव एवं एन आर एन पोल्यान्डका सचिब सुसन परियारले संचालन गर्नु भएको कार्यक्रममा इनास गठन प्रकृयामा मित्र लाल पार्देले इनास बिधान एवं कार्यसमिति चयन प्रक्रिया बारे आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
जहाँ भिविन्न सामाजिक कार्य सक्रिय रिता न्यौपानेलाई सर्वसहमतिले आध्यक्षमा चुनिएको छ भने गायक सन्तोष अधिकारी तथा कृष्ण भण्डारी उपाध्यक्षका लागि चुनिएका छन् । त्यस्तै महासचिवमा लामो समय देखि पोल्याण्डमा रहनु भएका विवेक पौडेल र सचिवमा कलाकार एवं साहित्यकार प्रतिमा थापालाई सर्वसहमतिले चयन गरिएको छ । त्यसै गरि ईनास पोल्याण्डको कोषाध्यक्षमा तुलसी पोख्रेल अर्याल तथा सह- कोषाध्यक्षको लागि गायक एवं कलाकार संगम राईलाई सर्वसहमतिले चयन गरिएको छ । नेपालमा पर्यटन प्रवर्धन एवं विकासको लागि व्यवशायी अमित कुमार यादवलाई छानिएको छ भने सुचना तथा प्रचार प्रसारको लागि पत्रकार शिवधर महतोलाई प्रवक्ताको रुपमा छानिएको छ । समितिका अन्य सदस्यहरुमा भिमलाल उपाध्याय र ईश्वरा अर्यालहरु रहेका छन् । त्यस्तै अन्य रिक्त पदहरु आगामी दिनहरुमा पदपूर्ति गर्ने गरी सर्वसहमतिले नयाँ कार्यसमिति गठन गरिएको हो। चयन गरिएको नयाँ मूल कार्य समितिले सहजीकरणको लागि आवश्यकता अनुसार उपसमितिहरु पनि राख्न पाउने व्यवस्था बिधानमा रहेकोले आगामी दिनमा सोहि अनुसार अघि बढ्ने प्रतिबद्दता गरिएको छ । त्यसैगरी नयाँ कार्य समितिलाई सरसल्लाह दिने सल्लाहकारहरु पोल्याण्डमा रहेका अन्य संघ सस्थांहरुका प्रमुखहरुसित सहकार्य गरि अन्य संघ संस्थाका प्रमुख साथै केही बुद्दिजिविहरुको सल्लाहकारका रुपमा प्रस्तावमा आएको र छिट्टै नै छलफल गरि कार्यसमितिको बैठकले अनुमोदन गरि एक इनास सल्लाहकार समिती गठन गरिने छ ।
समय परिस्थितिले नेपाल बाहिर पलायन भएका या परदेशमा बसोबास गर्ने नेपाली कलाकारहरुद्वारा नेपाली कला संस्कृतिलाई सम्वर्धन प्रबन्धन गर्न ईनासको स्थापना गरिएको हो । स्थापनाको केहि वर्षमा नै विश्वभरि रहेका नेपाली कलाकार एवं नेपाली कला संस्कृतिलाई माया गर्नेहरु माझ प्रवासी कलाकारहरुद्वारा स्थापाना गरिएको सबै भन्दा ठुलो संस्था बन्न सफल भएको छ । केन्द्रिय कार्यालय नेदरल्याण्डमा रहेको ईनासले हरेक वर्ष भिविन्न विधामा नेपाली कालाकारहरुलाई आवार्डको आयोजना गरि सम्मान गर्ने गरेको छ । पोल्याण्डमा रहेका भिविन्न संघ संस्था एवं सामाजिक अगुवाहरुको उपस्थितिमा सम्पन्न अधिवेशनमा सुपरानेशनलमा सहभागी हुन पोल्याण्ड आउनु भएको मोडल रोज लामाको बिशेष उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा मिस रोज लामालाई उपस्थिति गराउन डा बोध राज सुवेदी एवं डा अलिनी पोखरेल सुबेदिले बिशेष भुमिका निर्वाह गर्नु भएको थियो सो अवसरमा लामाले नेपालको प्रतिनिधि भै सुपरानेशनलमा सहभागी हुन पाउनु गर्वको कुरा रहनुको साथै पोल्याण्डमा नेपाली कला संस्कृतिलाई माया गर्ने नेपाली समुदायलाई भेट्न पाउँदा अत्यन्तै हर्षित भएको बताईन् । साथै पोल्याण्डले आफ्नो कलाकारहरुलाई गर्ने मान सम्मान एवं प्रोत्साहन जस्तै नेपालमा नेपाली कलाकारले पनि पाउनु पर्ने जरुरि रहेको कुरा गरिन । त्यस्तै नेपाली कलाकारहरुले कहिले पनि उचित पारिश्रमिक नपाउँदा कलाकारको मनोबल एकदम कम्जोर हुने कारणले गर्दा नयाँ कलाकारहरुको निराशा छाउने गरेको देखिने कुरा औँल्याएकि छिन् । ईनास पोल्याण्डको नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै पोल्याण्डमा रहेका नेपालीहरुसंग केहि समय व्यथित गर्न पाएकोमा आफु निकै खुसि भएको बताईन् ।
एन आर एनका संस्थापक अध्यक्ष बोधराज सुबेदीले अधिवेशनमा बोल्दै ईनास मार्फत बिदेशमा रहेका नेपाली कलाकारहरुले नेपाली संस्कृतिलाई जीवित राख्नुका साथै र नेपाली कला संस्कृतिलाई बिदेशीहरु मार्फत चिनाउन समेत अहम भूमिका निभाएको बताउनु भएको थियो । त्यस्तै निवर्तमान अध्यक्ष नरेश सापकोटाले प्रवासमा रहेका कलाकारले देखाउने सांस्कृतिक कार्यक्रमहरुले आफुलाई नेपालको झल्को ताजा गराउने गरेकोले ईनासको नयाँ कार्यसमितिले यसलाई नयाँ जोस जाँगरले अगाडी बढाउन सफल होस् भनि शुभकामना ब्यक्त गर्नु भएको थियो । अधिवेशनमा मन्तब्य ब्यक्त गर्दै जनसम्पर्क समिति पोल्याण्डकि सभापति डा अलिनी सुबेदी पोख्रेलले बिदेशमा ईनास मार्फत देखाइने संस्कृतिक कार्यक्रमहरुले नेपाली कलाकारहरुलाई प्रोत्साहन गर्नुका साथै नेपालीहरुलाई एकबद्ध हुन महत्वपूर्ण भूमिका रहने गरेको कुरा औँल्यानु भएको थियो । त्यसैगरी गुमी समाज पोल्याण्डका अध्यक्ष प्रकाश तिवारीले ईनासले प्रवासमा रहेका नेपालीहरुलाई आफ्नो कला मार्फत आफुहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने गरेकोमा ईनासको कार्यक्रमको प्रसंशा गरेका थिए । त्यस्तै प्रवासी नेपाली समाजका अध्यक्ष टंक कटुवालले ईनासले कला र संस्कृतिको माध्यमले नेपाल र पोल्याण्डलाई जोड्न पुलको काम गरेको बताए । ईनास पोल्याण्डका सरक्षक मित्रलाल पार्देले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै आफुले आफ्नो तर्फबाट गर्ने सम्पूर्ण सहयोग हरु गर्ने तत्परता ब्यक्त गर्नु भएको थियो ।
स्मरण रहोस् कार्यक्रमको हल प्रदान हिमालयन यति रेस्टुरेन्टका जीवन केसीले गर्नु भएको थियो भने उपस्थिति समुदायलाई चिया नास्ताको लागि व्यवसायी रामचन्द्र न्यौपाने एवं रितु न्यौपानेले निशुल्क रुपमा व्यवस्था गर्नु भएको थियो ।