विगत २००९ देखि पोर्चुगलमा कृयाशिल रहेको शेर्पा सोसाइटी पोर्चुगलले डिसेम्बर २४ मा ५ औ अधिवेशन गर्ने भएको छ।स्थापनाकालदेखिनै प्रदेशमा रहेर नेपाली परम्परा,सस्कृती र नेपालित्व झल्काउने रचनात्मक कार्य गर्दै आइरहेको सोसाइटी नेपाली समुदायमाझ निकै लोकप्रिय सस्थाको रुपमा मुखारित भएको देखिन्छ।अधिवेशन भब्य एवम् शब्य रुपमा सफल बनाउन सोसाइटीले विभिन्न उपसमितिहरु समेत गठन गरेको छ।बर्तमान अध्यक्ष ओङगेल लामाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ भने सल्लाहकार पेम्बा शेर्पाको संयोजकत्वमा ४ सदस्यीय निर्वाचन उपसमिति गठन गरिएको छ। जसको सदस्यहरुमा पेम्बा गेलु शेर्पा,धना शेर्पा र राजेन्द्र शेर्पा रहेका छन।त्यसैगरी महासचिव ल्हाक्पा छोटी शेर्पाको संयोजकत्वमा ब्यबस्थापन समिति र कोषाध्यक्ष पेमा शेर्पाको संयोजकत्वमा आर्थिक उपसमिति निर्माण गरिएको छ।बर्तमान कार्यसमितिको यही डिसेम्बरमा २ बर्षे कार्याकाल समाप्त हुँदै छ भने आगामी अधिवेशनले अर्को २ बर्षका लागि सस्थाको नयाँ कार्यसमिति चयन गर्ने छ।