म किन विश्व सुन्दरी प्रतियोगितामा भोट् हाल्दैन !

मित्र लाल पार्दे

म किन विश्व सुन्दरी प्रतियोगितामा भोट् हाल्दैन
विश्व सुन्दरीमा जित्ने नारीलाई शुभकामना म दिउला तर भोट म हालेर नारी सौन्दर्यतालाई फूटपाथको सामान जस्तो गराउन चाहन्न । भोट् हाल्छु खेल जगतबाट कला जगतबाट कला जगतबाट दर्शन जगतबाट अगाडि बढ्नेलाई । बरु म सुन्दर देख्छु जानकी , म सुन्दर देख्छु भ्रिकुटी म सुन्दर देख्छु पासाङ लामु शेर्पा , म सुन्दर देख्छु जुनको तावेइ , म सुन्दरी देख्छु तमाम नारीहरु जसले आफु बिर्सेंर आफ्नो समाजका खातिर आहुती दिएका छन् । तर वर्तमान पूँजीवादको हावामा कुनै विश्व सुन्दरीको पगरी गुथ्नेलाई म मात्रा पूँजीवादको बिज्ञापन नारीको रुपमा देख्छु ।
पूँजीवादले सुन्दरी बनाएकोलाई मैले सुन्दरी मान्नु पर्छ भन्ने छैन । विश्व सुन्दरी भन्दा सुन्दर त अरु छन् यो प्रिथिविमा वास्त्विक विश्व सुन्दरी त पूँजीवादले दबाएर राखेको हुन्छ । वास्तविक सुन्दरीहरु खोज्न नाथे सुन्दरी प्रतियोगिता गरेर भेटिदैनन् ? शरीरको सुन्दरता नाप्ने नै हो भने के प्रिथिविमा गोरा छालाहरु मात्र सुन्दर हुने हुन् र । के काला मान्छे असुन्दर हुन् र ? पूँजीवादले आफ्नो ब्यापार बढाउनलाई सुन्दरीहरु नाम दिएर मान्छे भुलाउने बिज्ञापन भन्दा अरु केही भूमिका खेल्दैन । पूँजीवाद यस्तो अस्त्र हो जुन अस्त्रले संसारमा हरेक नारीलाई एउटा उपभोग गर्ने वस्तुको रुपमा मुल्याङ्कन गर्दछ । सुन्दरता देखाएर प्रदर्शन गरेर देखिने तत्व होइन । सुन्दरता गोरा छालाहरुमा मात्र देखिने होइन । नारीलाई यौन प्रकृयामा दासी बनाउनको लागि खेलिएको ढ्वाङ हो सुन्दरी प्रतियोगिता । एक दुई जनालाई विश्वको सुन्दरी भनेर करोडौ काला तथा गोरा महिलाहरुको अपमान हो सुन्दरी प्रतियोगिता ।
सुन्दरी प्रतियोगिता जित्दैमा देशले काचुली फेर्दैन , कुनै देशको महिला सुन्दरी घोषित हुँदैमा त्यो समाजको आमुल परिवर्तन हुन सक्दैन ।
सुन्दरी प्रतियोगिता गराएर विश्वका ठुला ठुला कम्पनिहरुले आफ्नो माल सामान ब्यापार गराउनु भन्दा अरु कुनै तुक सुन्दरी प्रतियोगिताको अर्थ छैन । यो प्रतियोगिताको तत्कालीन रुपमा कुनै एक दुई महिलाले विश्व जगत ताज पहिरिए पनि सामाजिक रुपमा यो प्रतियोगिता हानिकारक छ । दीर्घकालीन रुपमा सुन्दरी प्रतियोगिताले समाज बिकासमा कुनै उल्लेख्य भूमिका खेल्न सक्दैन । त्यसैले म सुन्दरी प्रतियोगितालाई खासै चासो दिदैन र यो मेरो नितान्त व्यक्तिगत अभिव्यक्ती हो । यो व्यक्तिगत अभिव्यक्ति प्रति कसैको टाउको नदुखोस् आखिरमा सबैको जय होस् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.