डिसेम्बर ७ तारिक साझ ५ बजेदेखि हिमालयन यति रेस्टुरेन्टमा इनास पोल्यान्ड गठन एवं इनास भेलामा पोल्यान्ड मिस सुप्रानेसनल प्रतियोगितामा पोल्यान्ड आएकी नेपाली सुन्दरी मिस रोज लामा इनास भेलामा उपस्थिति हुने खबर पोल्यान्ड नेपाललाई प्राप्त भएको छ । ८0 देशका प्रतियोगी सित उनी ६ गते डिसेम्बर क्यातोविच शहरमा भिड्दैछिन ।
७ गते शनिबार इनास पोल्यान्ड 2019-2021 को कार्यसमिति गठन हुन लागेको र उक्त समयमा पोल्यान्ड रहेका नेपालीहरुसित मिस सुप्रानेसनल प्रतियोगी रोज लामाले भेटघाट गर्नेछिन ।
इनास भेलामा मिस रोज लामालाई बिशेष अतिथिको रुपमा उपस्थितिको लागि एन आर एन ए पोल्यान्ड संस्थापक अध्यक्ष डा बोध राज सुबेदीले विशेष पहल गरेका छन् ।
स्मरण रहोस् इनास पोल्यान्ड भेला एवं नयाँ कार्यसमिति गठन प्रक्रियामा इनास केन्द्रीय समिती सल्लाहकार एवं इनास केन्द्रिय बिधान मस्यौदा संयोजन समिति संयोजक मित्र लाल पार्देले बिशेष भुमिका निर्वाह खेलेका छन् ।
२०१२ अगस्त २६ पोल्यान्डमै उदघाटन र स्थापना भएको इनास छोटो समयमै बिश्वको ७३ देशमा संजाल बिस्तार गर्न सफल भएको छ ।
इनास पोल्यान्ड शाखा 2019-2021 ले पोल्यान्डमा बिशेष योजनाहरु अगाडि सारेर कार्यान्वयन गर्न सफलता मिल्ने आशा धेरैबाट भएको र दर्जनौ व्यक्तिहरु इनासमा रहेर आफ्नो काम गर्न इच्छुक रहेको जानकारी प्राप्त भएको छ ।