गुल्मीबाट बागलुङको देबीस्थान पुजा गर्न जाँदै गरेको जीप बिच बाटोमै दुर्घटना हुदा १४ जनाको घटनास्थलमै ज्यान गएको छ भने ३ जना गम्भीर घाइते भएका छन्। ग १ ज ५२१९ नम्बरको जिप बागलुङको बडिगाड गाउपालिका भिमगिठे नजिकै दुर्घटनामा परेको हो।कार्की परिबार कुलपुजा गरी फर्कने उद्देशका साथ उक्त जिप रीजप गरी हिडेका थिए तर दुर्भाग्यवश उद्देश्य पूरा हुन पाएन।उक्त जिपमा सबार ९ महिला,४ पुरुष र एक जना बालकको मृत्यु भएको हो।३ जना घाइतेको उद्धार गरी उपचारकालागि काठमाडौं लगीएको छ।