दक्षिण एशियाली खेलकुद(साग)को १३ औँ संस्करण आज देखि

१ डिसेम्बर । सन् १९८४ देखि नेपालबाट सुरु भएको दक्षिण एशियाली खेलकुद अर्थात साग गेमको १३ औँ संस्करण आज आइतवार नेपालमा सुरु हुँदैछ। यस अघि १९९९ मा पनि नेपालले नै आयोजना गरेको थियो । आफ्नो तेश्रो आयोजनालाई भब्य रुपमा सम्पन्न गर्न नेपाल सरकार, खेल पदाधिकारी एवं खेलाडीहरु निकै उत्साहित देखिन्छन् । दक्षिण एशियाली राष्ट्रहरुबिच हुने खेलकुद नेपालले आयोजना गरेको सबै भन्दा ठुलो खेलकुद प्रतियोगिता भएकोले यसलाई विश्व खेलकुदले स्मरण गर्ने गरी सम्पन्न गर्ने योजना छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एशियाली खेलकुद (साग) प्रारम्भ भएको घोषणा गरेपछि नेपाली खेलकुदले नयाँ इतिहास रच्नेछ। काठमाण्डौको दशरथ रङ्गशालामा ५ खेलबाट सुरु भएको पहिलो संस्करण, तेह्रौ औँ संस्करणसम्म आइपुग्दा खेलको सङ्ख्या २६ पुगेको छ भने पोखरा र जनकपुरसम्म प्रतियोगिता गर्ने मैदानहरु बिस्तार भएको छन्। दशरथ रङ्गशालामा उद्घाटन समारोहलाई भव्य रुपमा सम्पन्न गर्नमा लागि १५ हजार जनाले विभिन्न कलाकौशलहरु प्रस्तुत गर्नेछन् जुन समारोह ३ घण्टा १४ मिनेट लामो हुने जानाइएको छ । उद्घाटन समारोह साक्षी बन्न सात देशका उच्चपदस्थ पदाधिकारीहरू निम्त्याइएको छ । दक्षिण एशियाली खेलकुद साग डिसेम्बर १ देखि १० (१५ मंग्सिर देखि २५) सम्म चल्ने छ, त्यसो त आज औपचारिक उद्घाटन रहेता पनि केहि खेलहरु भने यस अघि नै सुरु भैसकेका छन् ।

Screenshot from 2019-12-01 12-30-07तस्विर: अनलाइनखबर डटकम

१३औँ साग प्राविधिक समितिका अनुसार सात राष्ट्रका कुल २,७१५ खेलाडीहरू विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ काश्य गरी १,११५ पदकका लागि प्रतिस्पर्धा हुनेछ। आयोजक नेपालले सबैभन्दा बढी ५९६ खेलाडीका साथ सबै खेलमा सहभागिता जनाएको छ। त्यसो त साग क्याम्प छोडेर भागेकी एथलेटिक्स खेलाडी तुलसा खत्रीको कारणले नेपालले स्वर्ण पदक प्राप्त गर्ने अवसर गुमाउने छ । केही समयअघि चीनमा सम्पन्न सातौं विश्व ग्रीष्मकालीन खेलकुद प्रतियोगितामा उनले राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले ४ सय मिटर दौडमा ५९.५७ सेकेन्डमा दूरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएसँगै सागमा उनीबाट ठूलो आशासमेत गरिएको थियो । खत्रीले सागमा ४ सय मिटर दौड, रिले र हडल्टतर्फ प्रतिस्पर्धा गर्ने तयारी गरेकी थिइन् । त्यस्तै सागमा प्याराग्लाइडिङ समावेश गरी स्वर्ण पदक प्राप्त गर्ने सपना पनि तुहिएको छ । दक्षिण एसियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्रले दुई खेल छान्न पाउने व्यवस्था छ नेपालले क्रिकेट सहित प्याराग्लाइडिङ छानेको थियो तर आठ स्वर्णपदक समावेश प्याराग्लाइडिङ खेलका लागि सहभागि राष्ट्रको आवश्यक संख्या नपुगेपछि उक्त खेल हटाउनु परेको छ । सागको प्रावधान अनुसार ननअफिसियल खेल समावेश गर्न कम्तिमा तीन राष्ट्रले सहभागिता जनाउन आवश्यक हुन्छ तर अन्तिम समयसम्म पनि नेपाल र पाकिस्तानले मात्रै नाम लेखे पछि सो खेल समावेश गर्न सकिएन जसले गर्दा नेपाललाई स्वर्णपदक जित्ने ठुलो आशा तुहिएको छ ।

 

प्रस्तुति एस डी अर्पण

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.