“उपनिर्बाचन कास्की”बिद्या भट्टराई जित नजिक

पोखरा–कास्की निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्र्तगत ३७ हजार १ सय ३२ मत गणना सकिएको छ । पछिल्लो परिणाम अनुसार नेकपा उम्मेदवार विद्या भट्टराई र काँग्रेस उम्मेदवार खेमराज पौडेलबीचको मतान्तर ८ हजार ५ सय ३६ रहेको छ । मत गणनाको परिणाम हेर्दा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी नजिक पुगेकी छन् । भट्टराई ८ वटा वडाको ३७ हजार १ सय मत गणना भइसक्दा २० हजार ७ सय ७९ मत प्राप्त गर्दै विजयको नजिक पुगेकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमराज पौडेलले १२ हजार २ सय ६१ मत प्राप्त गरेका छन् । अब वडा नम्बर ४, ७ र ८ को ८ हजार ४ सय ६३ मत गन्न बाँकी छ । मतगणना हुन बाँकी मत भन्दा बढी मत भट्टराईले पाइसकेकी छन् । यसले पनि उनको जित सुनिश्चित जस्तै देखिएको छ । नेकपाकी उम्मेदवार भट्टराईको अहिलेको मतान्तरनै ८ हजार ५ सय ३६ मतान्तर छ । यस वाहेक अहिलेसम्म समाजवादीको १ हजार ५०३, साझा पार्टीका उम्मेदवराले ६२६ र राप्रपाका उम्मेदवारले १०६० मत ल्याएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.