एन आर एन ए पोल्यान्डको आयोजनामा भारतीय दुतावास पोल्यान्ड अगाडि बिरोध सभा सम्पन्न 

nrn 2
एन आर एन ए पोल्यान्डको आयोजनामा भारतीय दुतावास पोल्यान्ड अगाडि बिरोध सभा सम्पन्न
गैर आवासीय नेपाली संघ पोल्यान्डको आयोजनामा पोल्यान्ड भएका बिभिन्न संघ संस्थाका व्यक्तित्वहरुको साथमा हालै इन्डियाले जारी गरेको नक्साको बिरोध गर्दै एक बिरोध कार्यक्रम सम्पन्न भएको छ । गो ब्याक इन्डिया , लिपुलेख हाम्रो हो , कालापानी  हाम्रो हो लिम्पियाधारा हाम्रो हो । हामीलाई हाम्रो स्वाभिमान्ता प्राण भन्दा प्यारो छ । हामी यो नक्सा स्वीकार्दैनौ । इन्डियाको दादागिरी हामीलाई सह्य छैन भन्दै त्यहा उपस्थित भेलामा सबैले आवाज बुलन्द  गरेका थिए । आशिष श्रेष्ठले सन्चालन गरेको कार्यक्रममा एन आर एन पोल्यान्डको आयोजनामा सम्पन्न कार्यक्रमको बिशेष सहजीकरण आइ सिसी सदस्य एवम संस्थापक अध्यक्ष डा बोधराज सुबेदीले गरेका थिए ।  उक्त कार्यक्रममा जन संपर्क समिती सभापति  डा अलिनी पोखरेल सुबेदी , पानी अभियन्ता मित्र लाल पार्दे निवर्तमान एन आर एन अध्यक्ष्य गोपाल राइ एन आर एन लेखा समिती सदस्य होमनाथ सापकोटा   ले आ आफ्नो धारणा राखेका थिए। बिरोध सभामा दुताबासले बिरोध पत्र लिन नमानेकोले पोस्टबाट दुताबास पठाउने निर्णय भएको थियो । अङ्रेजिमा सबैका आदरणीय जेष्ठ व्यक्तित्व   श्री दुर्गा मास्केले पढेर बिरोध सुनाएका थिए   भने मित्र लाल पार्देले नेपालीमा पढेर सुनाएका थिए
nrn 3
पोलिश सुरक्षाकर्मीको बिचमा सम्पन्न  भएको उक्त बिरोध कार्यक्रममा एन आर एन अध्यक्ष नरेश सापकोटाले नेपाली भुभाग हाम्रो हो यो मिच्न पाइदैन भनेर आफ्नो बिचार  दिएका थिए ।  डा बोधराज  सुबेदीले सुगौली सन्धी देखि हाल सम्म  इन्डियाले धेरै भुभाग लगेको अब हामी बोल्नु पर्छ । राष्ट्रियताको  सवालमा सबै एक भएर इन्डियालाई घुडा टिकाउनु पर्दछ भनेर आफ्नो धारणा व्यक्त गरेका थिए साथै सुबेदीले पोलिश भाषामा उल्था गरेर  इन्डियाको एक तर्फी नक्साको बारेमा उपस्थित जनसमुदायलाई बताएका थिए   ।
nrn 12
कार्यक्रममा एन आर एन पोल्यान्डका महासचिब कबिन्द्र सुबेदीले यो नेपाल र नेपालीको अस्तित्वको लागि र स्वाभिमान्ताको लागि उपस्थित भएकाहरुलाई हार्दिक धन्यावाद  संस्थागत तर्फबाट व्यक्त गरेका थिए ।
nrn 4
उक्त भेलामा प्रवासी नेपाली एकता मन्च संयोजक टन्क कटुवाल व्यवसायी अध्यक्ष आनन्द घिमिरे एन आर एन ए पोल्यान्डका सल्लाहाकार डा उदय देव आचार्य व्यवसायी रितु न्यौपाने ,राम चन्द्र न्यौपाने   नेपालबाट आफ्ना  परिवार भेट्न आएका चेत नारायण  तिवारी ,  गुल्मी समाज पोल्यान्डका  अध्यक्ष प्रकाश तिवारी एन आर एन पोल्यान्डकी कार्यसमिती सदस्य इश्वरा अर्याल ,  जन संपर्क समिती पोल्यान्डका महासचिब  नारायण चालिसे , बिभिन्न कृयाकलापहरुमा सकृया भूमिका निर्वाह गरेका  कुल बहादुर श्रेष्ठ , तारा बिक   लगायत बिभिन्न क्षेत्र र वर्गका  व्यक्तिहरुको सहभागिता रहेको थियो ।
nrn 1
    स्मरण रहोस् एन आर एन ए पोल्यान्डले इन्डियाले नाकावन्दी गरेको बेलामा पनि पोल्यान्ड भारतीय दुतावासमा पत्र प्रेषित  गरेर  बिरोध गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.