२३ नोभेम्बर , वार्सावा । लामो समय देखि युरोपलाई कर्म थलो बनाई रहेका गायक सन्तोष अधिकारीले र गायिका मीना निरौलासँग युगल गीत ‘लप्पन छप्पन’ को म्युजिक भिडियो सार्बजनिक गरेका छन् । ओ एस आर डिजिटलले आफ्नो यु ट्युब च्यानल मार्फत सार्वजनिक गरेको भिडियो हेरेर धेरै दर्शक श्रोतहरुले गीत र भिडियो दुवै निकै राम्रो रहेको प्रतिक्रियाहरु दिईरहेका छन् । नायक दिलिप रायमाझी र नायिका निता ढुंगानाको बेजोड नृत्य सहितको अभिनयले भिडियोलाई निकै मनोरंजनात्मक प्रदान गरेको देखिन्छ ।
‘लप्पन छप्पन’ बोलको गीतमा वरिष्ठ गीतकार राजेन्द्र थापाको शब्द, सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने म्युजिक भिडियोमा स्मृति तिमिल्सिनाको नृत्य निर्देशन तथा वीरेन्द्र भाटको छायांकन र सम्पादन छ। भिडिओलाई हेमप्रभासले निर्देशन गरेका छन्।आफुहरुको बचपन गईसकेर र जवानीमा लप्पन छप्पन गर्ने हो भन्ने भाव बोकेको गीतको छायांकन पनि निकै आकर्षक ठाउँहरुमा गरिएको छ ।