लिस्बन, पोर्चुगल । पोर्चुगिस कम्युनिस्ट पार्टी (पिसिपी) लिस्बनका प्रतिनिधि तथा जातिवाद बिरोधी अगुवा हेनरिक चाभेस तथा पिसिपीका अर्का प्रतिनिधि पाउलु नुनेससंग हिजो एक सर्वपक्षीय नेपाली प्रतिनिधि मण्डलले पोर्चुगिस कम्युनिस्ट पार्टीको लिस्बनस्थित कार्यालयमा भेटघाट र छलफल गर्यो । प्रवासी नेपाली एकता मंच पोर्चुगल, नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगल, नेपाली महिला समाज पोर्चुगल, मदन भण्डारी स्पोर्ट्स एकेडेमी पोर्चुगल र पोर्चुगलका नेपाली पत्रकारहरु संलग्न नेपाली प्रतिनिधि मण्डलको संयुक्त भेटघाट र छलफलमा मुलतः पोर्चुगलमा रहेका नेपालीहरुका समस्या र समाधान तथा सहयोगका उपायहरु बारेमा चर्चा भएको थियो ।
सो अवसरमा नेपाली कला, संस्कृति, नेपाल भ्रमण बर्ष-२०२०, भ्रमण बर्षकालागि नेपाली सद्भाव राजदूतकालागि पोर्चुगलबाट प्रतिष्ठित ब्यक्तिको चयन र नेपालको पर्यटकीय आकर्षणकोबारेमा नेपाली प्रतिनिधिहरुका तर्फबाट नारायण सुवेदी, रोबोट लिम्बू, हेम गुरुङ, डोलराज भण्डारी, निर्मला ढकाल खराल, राजकुमार थापा, तुलसीराम थपलिया, सरिता शर्मा लगायतले आआफ्नो धारणा राखेको भेटघाटलाई मुख्य संयोजन र अगुवाई गरेका प्रवासी नेपाली मंच पोर्चुगलका डोलराज भण्डारीले जानकारी दिए । यसका साथै पोर्चुगलमा रहेका नेपालीहरुका आप्रवासन, काम र नेपाली महिलाहरुको कठिनाइको बारेमा विशेष रूपमा छलफल भएको नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष निर्मला ढकाल खरालले बताइन् ।
छलफलमा पिसिपीका युवा नेता तथा जातिवाद बिरोधी अभियानका लोकप्रिय अगुवा हेनरिक चाभेसले पोर्चुगिस कम्युनिस्ट पार्टी एउटा पार्टी मात्र नभएर यो बृहत सामाजिक अभियान भएकोले पोर्चुगलमा रहेको नेपालीहरुको ठूलो उपस्थिति पोर्चुगलको आर्थिक, सामाजिक र साँस्कृतिक गतिविधिमा उल्लेख योगदान पुर्याएकोमा नेपाली समुदायलाई धन्यवाद दिए।उनले नेपाली समुदायलाई पुर्याउन सकिने सहयोगकालागि आफुहरु सधैं तत्पर रहने बिश्वास दिलाए । उनले नेपाल जस्तो सुन्दर र शान्त देश भ्रमण गर्न स्थानीय ठाउँ हरुमा होडिङ बोर्ड र प्रचार सामाग्री राख्न तथा आफ्नो वेबसाईटमार्फत जानकारी दिन पहल गर्ने आश्वासन दिए । नेपाली महिलाहरुको साझा संस्था नेपाली महिला समाज पोर्चुगल र पोर्चुगिस महिला एसोसिएसनकी अध्यक्ष सान्द्रा बेनिफिकाबीच चाडैं नै एक बैठक आयोजना गरी नेपाली र पोर्चुगिस महिला संस्थाहरुबीच आपसी हित, सहयोग सहकार्य आदानप्रदानकालागि सम्बन्ध विस्तार गर्ने समझदारी भएको नेपाली महिला समाज पोर्चुगलकी महासचिव सरिता शर्माले बताइन् ।
यसैगरी आगामी डिसेम्बर पहिलो हप्ता पोर्चुगिस कम्युनिस्ट पार्टीबाट आप्रवासी र राजनैतिक ब्युरो हेर्ने केन्द्रीय सदस्य र पोर्चुगलको नेपाली प्रतिनिधिबीच उच्चस्तरीय भेटघाट र छलफल गर्ने तय भएको छ ।
हिजोको भेटघाट र छलफलमा नेपाली प्रतिनिधि मण्डलबाट प्रवासी नेपाली एकता मंचको तर्फबाट नारायण सुवेदी, रोबोट लिम्बू, राजकुमार थापा, डोलराज भण्डारी, तुलसीराम थपलिया, नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष हेम गुरुङ, नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष निर्मला ढकाल खराल, महासचिव सरिता शर्मा, कोषाध्यक्ष सुशीला थापा, मदन भण्डारी स्पोर्ट्स एकेडेमी पोर्चुगलका अध्यक्ष अमृत रिजाल रासस पोर्चुगलका समाचारदाता पत्रकार भगवान गिरी लगायत सहभागी थिए । पोर्चुगिस कम्युनिस्ट पार्टीको सन्दर्भमा संंक्षिप्त विश्लेषण : झन्डै सय बर्ष पुरानो गौरवशाली इतिहास बोकेको पोर्चुगिस कम्युनिस्ट पार्टी (PCP), नेता Jerónimo de Sousa छन् । केही हप्ता अगाडि पोर्तुगलको संसदको निर्वाचन भयो, कम्युनिस्ट पार्टी र उसको गठबन्धनले १२ सीट जित्यो ।
Portuguese Communist Party (Portuguese: Partido Comunista Português or PCP) and the Ecologist Party “The Greens” (Portuguese: Partido Ecologista “Os Verdes” or PEV) बीच सन् १९८७ मा Jerónimo de Sousa को नेतृत्वमा गठबन्धन शुरु भएको हो, सन् २०१९ सम्म आइपुग्दा सबै निर्वाचनमा निर्वाधरूपमा गठबन्धन निरन्तर रूपमा जारी छ, दुई पार्टीको यो गठबन्धन संस्कृतिलाई एउटा अनुपम उदाहरण मानिन्छ । यो गठबन्धनलाई CDU भनिन्छ अर्थात The Unitary Democratic Coalition(Portuguese: CDU – Coligação Democrática Unitária, PCP–PEV) हो । पोर्तुगिस कम्युनिस्ट पार्टी सदस्य ६०,४८४ रहेको छन् । यसको गठबन्धन सहयोगी पार्टी PEV को ६००० सदस्य छन् । यो गठबन्धनको पोर्तुगल संसदमा १२ (२३०) सीट, युरोपियन पार्लियमेन्ट ३ (२१) सीट, रिजनल पार्लियमेन्ट ३ (१०४) सीट र पोर्तुगलको १७१ (२०७४) स्थानीय सरकारको नेतृत्व गरिरहेको छ । यो गठबन्धनले आन्तानिया कोष्टाको सोसलिस्ट पार्टी (२०१५-२०१९) को सरकारलाई सर्तसहित समर्थन गरेको थियो ।