नयाँ पुस्ताका चर्चित सर्जक शिव अखेलि मौलिक एवम् समय सापेक्ष गीत श्रीजना गर्ने काबिल कलाकार मध्यमा पर्छन।उनका गीतले सामाजिक परिबर्तन ,सकारात्मक बिकास,बिकृती-बिसङ्गति तथा माया-प्रेमको बिषयलाइ प्राथमिकतामा राखेर उजागर गरेको पाइन्छ।हालै बजारमा श्राबजनिक भएको गीति सङ्ग्रह जाले रुमाल पनि कसिला र मजिला माया- प्रेमका शब्दले सुसज्जित छ। यो गीत छोटो समयमै हजारौं लोक पारखिको मन -मस्तिष्कमा जम्न सफल भएको छ।चर्चित गायिका जुना श्रीस मगरको समधुर आबाजले सजिएको यश एल्बममा गायक तर्फ भने ईश्वर सिंह र राजु कंडेलले स्वर दिएका छन।लोकप्रिय निर्देशक प्रकाश भट्टको निर्देशन रहेको यश एल्बममा चर्चित मोडल दुर्गेश थापा र नम्रता सापकोटाको अभिनयले थप मनोमहक बनाएको छ।