एस डि अर्पण
१७ नोभेम्बर । चितवनको माडी नगपालिका १ निवासी ६० वर्षीय बाबुराम पौडेल र ३५ वर्षीय राजु पौडेलको जङ्गली हात्तिको आक्रमणमा परी मृत्यु भएको भएको छ । मृतकहरु बाउ छोरा रहेको इलाका प्रहरी कार्यालय माडीले पुष्टि गरेको छ । लु ३१ प २९११ नम्बरको मोटरसाइकलमा सवार गर्दै गरेका उनीहरुलाई शनिबार बिहान बाँदरझुला जाने क्रममा माडी नगरपालिका ९ स्थित देउराली ओरालोमा हात्तीले आक्रमण गरेको थियो। सो हात्तीले बिहान पनि काठमाडौँबाट माडी हुदैँ ठोरी चल्ने रात्री बसमा आक्रमण गर्ने प्रयास गरेको थियो । तर ड्राईभरले लगातार हर्न बजाउँदा भने हात्तीले बाटो छोडे पछि बस हुइकाउँदै यात्रुहरुलाई जोगाउन सफल भएका थिए । घटनाप्रति नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्।
फेसबुकमा बुद्धि बहादुर गुरुङ्गजीले शेयर गर्नु भएको यो भिडियो हेर्नुहोस्
जंगली जनावरको चुनौती एवं आक्रमणबाट बच्ने उपाय
चितवन राष्ट्रिय निकुञ्जले चितवनमा जति पर्यटकहरु आकर्षित गर्न सफल भएको छ जंगली जनावरका आक्रमणबाट स्थानीय जनताहरुलाई जोगिन त्यति नै चुनौती छ । बिशेषगरी निकुञ्जको कच्ची बाटो पार हुँदै माडीका स्थानीयहरुलाई सदरमुकाम भरतपुर वा अन्य ठाउँ यात्रा गर्न निकै कठिन हुने गर्दछ। कच्चि घुमाउरो बाटो त्यसमा पनि जाडोको समयमा नजिकै रहेका नदीहरुबाट बाफ तथा कुहिरोले बाटो टाढा सम्म नदेखिनु, जंगली जनावर आइहाले भागेर ज्यान जोगाउन मुस्किल हुने गर्दछ । त्यसै गरी जंगलमा आहाराको कमि हुदाँ जंगली जनावरहरु निकुञ्ज नजिकै रहेका मानवीय वस्तीमा पसेर अन्नहरु खाइदिनुका साथै कहिले काहिँ स्थानीयले पालेका जनावर एवं मानिसहरु पनि जंगली जनावरको आक्रमणमा पर्नु परेको पिडा हरेक वर्ष छ । जंगली जनावरको आक्रमणमा परेका परिवारले केहि सरकारबाट केहि राहत रकम पाएता पनि आफ्नो परिवारको सदस्य गुमाउनुको पिडा पक्कै पुरा गर्न सकिदैन । जंगली जनावरको आक्रमणबाट जोगिन स्थानीय एवं सरकारी तबरबाट पनि ठोस कदम चल्नु जरुरि देखिन्छ । निकुञ्जसंग जोडिएका बस्ति केहि पर सार्ने, जंगलमा जंगली जनावरका लागि प्रसस्त आहाराको व्यवस्था हुने वातावरण बनाउने, घाँसे मैदान एवं पानीको व्वस्था गर्ने । साथै यात्रा गर्ने बाटो गुमाउरो भन्दा सिधा बनाउने जसले गर्दा जंगलको बाटो छोटो होस् । त्यस्तै जंगली जनावरहरु हिड्ने बाटोहरुमा सिसि क्यामरा राखेर मानिसहरु यात्रा गर्ने बाटो तिर आउने संकेत पाए दुवै तर्फबाट यात्रा गर्न रोक्ने वा बैकल्पिक बाटोको व्यस्था गरि सो बाटो प्रयोग गर्न सुझाउने जस्ता सावधानीहरु आपनाउन सकिन्छ ।