नेपाल भ्रमण बर्ष-२०२० को प्रबर्द्धनमा पोर्चुगलका नेपाली महिलाहरुले देखाए जागरुपता

लिस्बन, पोर्चुगल । युरोप एउटा पर्यटकीय देश पोर्चुगलको राजधानी लिस्बनमा नेपाल भ्रमण बर्ष-२०२० को प्रबर्द्धन गने कार्य भइरहेको छ । राजधानी लिस्बनको मुटु मानिएको आरोइस जुन्ता फर्मेसिया र काजा कोमुउँले संयुक्तरूपमा इन्तिदेन्तको लिडिलहलमा साँस्कृतिक प्रदर्शनीमा नेपाली महिला समाज पोर्चुगलको अगुवाईमा नेपाली संस्कृति र नेपाल भ्रमण बर्षकोको प्रचारप्रसार र प्रदर्शनी गरिएको छ। प्रदर्शनीमा नेपाली बालबच्चाहरु नेपालको संस्कृति र पर्यटन झल्कने नृत्य प्रस्तुत गरेका थिए भने नेपाली महिलाहरुले आ-आफ्नो भेषभुषामा नेपालको मौलिक बाजा मादल बजाएर विदेशमा नेपाली पहिचान बनाइसकेको “रेसम फिरिरी… ” गीत प्रस्तुत गर्दा सहभागीहरुबाट वाहीवाही पाएको थियो ।

“नेपाली महिलाहरुकोतर्फबाट हामी स्थानीय पोर्चुगिस समुदायसंग घुलमिल हुँदै हाम्रो देशको संस्कृति चिनाउने र पर्यटन प्रबर्द्धन गर्ने प्रयास गरिरहेका छौं,” महिला समाज पोर्चुगलकी अध्यक्ष निर्मला ढकाल खरालले प्रतिक्रिया दिइन् । नेपालको संस्कृति र पर्यटनको बारेमा समाजकी महासचिव सरिता शर्माले अग्रेजीमा प्रकाश पारेकी थिइन् भने नेपाली बालिका मानुसी खरालले पोर्चुगिस भाषामा बताएकी थिइन् । बहु संस्कृतिको प्रबर्द्धन गर्ने र एक-आपसमा अनुभव र संस्कृतिको आदानप्रदान गर्ने आफ्नो उद्देश्य रहेको र नेपाली समुदायको सहभागीताले आफुहरुलाइ उत्साहित र खुशी बनाएको आरोइस जुन्ता फर्मेसियाका आन्तनियोले कुराकानीमा बताए । कार्यक्रममा नेपाली महिला समाजकी उपाध्यक्ष सुनिता भट्टराई सदस्यहरु तिलकुमारी पौडेल, शोभा गिरी, प्रवासी नेपाली एकता मंचका तुलसीराम थपलिया, राजकुमार थापा, अमृत रिजाल लगायतको पनि सक्रिय सहभागीता थियो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.