लिस्बन पोर्चुगल । नेपालको भूमि कालापानी र लिपुलेकलाई भारतले हालचालै प्रकाशित आफ्नो राजनैतिक नक्सामा पारेपछि देश तथा बिदेशका नेपालीहरुमा तीब्र प्रतिक्रिया उत्पन्न भएको छ । यसै सिलसिलामा नेकपाको प्रवास सँगठन प्रवासी नेपाली एकता मंच पोर्तुगलले एक बक्तब्य प्रकाशित गरी कडा प्रतिक्रिया जनाएको छ । हेर्नुहोस् बक्तब्य जस्ताको तस्तै : नेपालको सीमा अतिक्रमण विरुद्ध प्रवासी नेपाली एकता मंच पोर्तुगलको प्रेस बिज्ञप्ति:
हाम्रो प्यारो मातृभूमिमाथि भारतीय गिद्दे नजरले आज संसारभरिका नेपालीहरुको मन दुखेको मात्र छैन, आक्रोश र प्रतिरोध सशक्तरूपमा जन्माएको छ र पू्र्खाको वीरतापूर्ण गौरवगाथालाई पुनः स्मरण गराएको छ।ळ हाम्रा वीरपू्र्खाले विश्व बिजेता साम्राज्यवादीहरुसंग लडेर कहिल्यै पराधिन हुन नदिएको देश नेपालको एक रौं बराबर भूमिमाथि हुने कुनैपनि खालको अतिक्रमण हामीलाई सह्य छैन। आज भारतले उसको आफ्नो देशको राजनैतिक नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको अभिभाज्य भूमि कालापानी र लिपुलेकलाई भारतको नक्सामा पार्नु आफ्ना छिमेकी राष्ट्रहरुप्रति भारतीय सरकारको विस्तारवादी नीति र नियतलाई उदाङ्गो बनाएको छ । यस संवेदनशील घडीमा नेपाल सरकार र स्वदेश तथा बिदेशमा रहेका सम्पूर्ण नेपाली एक स्वर र एकजुट भइ हाम्रो कालापानी र लिपुलेकलाइ कब्जा गर्ने विस्तारवादी हर्कतहरुलाइ पराजित गर्नुपर्छ ।हामी पोर्तुगलमा रहेका नेपालीहरुकोतर्फबाट नेपाल सरकार, नेपालका सम्पूर्ण राजनैतिक तथा सामाजिक संगठनहरु र नेपाली जनतालाई नेपालमाथि भएको अतिक्रमण विरुद्ध एकजुट भएर डट्न र लड्न हार्दिक अपील र अनुरोध गर्दछौं। हामी परदेशमा भएपनि देशको रक्षाकालागि जुनसुकै मोर्चामा लड्न तयार छौं। प्रवासी नेपाली एकता मंचकोतर्फबाट पोर्तुगलका सम्पूर्ण नेपाली समुदायमा एकमना एकताकासाथ बिदेशी शक्तिले देशमाथि बोलेको धावाको विरुद्ध सबै माध्यमबाट प्रतिरोध गर्न अनुरोध गर्दछौं ।प्रवासी नेपाली एकता मंच पोर्तुगल एकता कार्यदलकोतर्फबाट :
नारायण सुवेदी
रोबोट लिम्बू(सम्बाहाम्फे)
राजकुमार थापा
डोलराज भण्डारी
गोविन्द पौडेल
श्याम ढकाल ।
Hi
On Mon, Nov 11, 2019, 2:59 AM पानी अभियान “हरेक घरमा धारो होस् , हरेक
गाउँमा सिंचाइ होस् ” wrote:
> kalash kharel posted: ” लिस्बन पोर्चुगल । नेपालको भूमि कालापानी र
> लिपुलेकलाई भारतले हाल सालै प्रकाशित आफ्नो राजनैतिक नक्सामा पारेपछि देश तथा
> बिदेशका नेपालीहरुमा तीब्र प्रतिक्रिया उत्पन्न भएको छ । यसै सिलसिलामा
> नेकपाको प्रवास सगठन प्रवासी नेपाली एकता मंच पोर्तुगलले एक बक्तब्य प”
>
LikeLike