पोल्यान्डमा हिजो बसेको एन आर एन लगायत विभिन्न संघ संस्था व्यक्तिहरुको बैठकले इन्डिया द्दारा निकालिएको नया नक्सा प्रति आपत्ति जनाएका छन् । एन आर एन जन सम्पर्क समिति प्रवासी नेपाली मन्च गुल्मी समाज पोल्यान्ड कलिउड पोल्यान्ड स्वतन्त्र व्यक्तिहरुको बैठकले लिपुलेख कालापानी लगायत नेपाल र इन्डियाको सिमा सम्बन्धि समाधान गर्न दुई पक्षीय कुटनैतिक सम्वादद्दारा र अन्तर्राष्ट्रिय समुदायको सहयोग लिएर समस्या समाधान गर्न सकिने निर्णय गरेको छ ।
पोल्यान्ड भएका नेपालीहरुको हस्ताक्षर एन आर एन ए पोल्यान्ड लगायत विभिन्न संस्था सितको सहकार्यमा पोल्यान्ड स्थित इन्डियन दुतावास परराष्ट्र मन्त्रालय इयु यु एन लगायत बिभिन्न कार्यालयमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।
उक्त भेलामा एन आर एन अध्यक्ष नरेश सापकोटा वरिष्ठ उपाध्यक्ष जीवन केसि कोषाध्यक्ष भिम बहादुर खड्का कार्यसमिति सदस्य अनिल थापा सस्थापक अध्यक्ष डा बोधराज सुवेदी प्रवासी मन्च टन्क कटुवाल बिनोद आचार्य जनसम्पर्क समितिका डा एलिनि पोख्रेल सुवेदी नारायण चालिसे होमनाथ सापकोटा गुल्मी समाज पोल्यान्ड अध्यक्ष प्रकाश तिवारी पोल्यान्ड नेपालका शिवधर महतो कलिउड पोल्यान्डका सुरज कार्की पानी अभियन्ता मित्र लाल पार्दे लगायत विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
देशको सिमाना मिचिदा सबै चुप लाग्नु हुन्न भन्दै पोल्यान्ड बस्ने नेपालीहरुको हस्ताक्षर अभियानको लागि एन आर एन ए पोल्यान्डले सहकार्य गर्ने भएको छ भने हस्ताक्षर संकलनमा नारायण चालिसेले साथ दिने भएका छन् ।
स्मरण रहोस उक्त भेलाको संयोजन डा बोध राज सुबेदीले गरेका थिए ।
विभिन्न समुदाय सित छलफल अझै गरि निचोडमा पुगेर संबंधित निकायमा दबाब दिन पोल्यान्ड भएका सम्पुर्ण नेपालीहरुलाई आ आफ्नो तवरबाट बुलन्द गर्न उक्त सर्वपक्षीय नेपालीहरुको बैठकले आव्हान गरेको छ ।