जन संपर्क समिती पोल्यान्डको जलपान तथा चियापान कार्यक्रम सम्पन्न
वारसवामा हालै जनसंपर्क समिती पोल्यान्डले दसैं तथा तिहारको सन्दर्भ पारेर बिपिको निती अनुसरण गर्दै जलपान कार्यक्रम सम्पन्न गरेको छ । महामन्त्री नारायण चालिसेले सन्चालन गर्नु भएको कार्यक्रममा एन आर एन सस्न्थापक अध्यक्ष डा बोध राज सुबेदी , एन आर एन ए पोल्यान्ड अध्यक्ष नरेश सापकोटा , बरिष्ठ उपाध्यक्ष जीवन कुमार केसी प्रबासी मन्चका संयोजक टन्क कटुवाल , बिनोद आचार्य पानी अभियानअकर्ता मित्र लाल पार्दे , व्यवसायी समिती पोल्यान्डका आनन्द घिमिरे , अमित कुमार यादब । व्यासआयी ठग बहादुर बस्नेत लगायत बिभिन्न व्यक्तिहरुले आ आफ्नो बिचार व्यक्त गर्नु भएको थियो ।
पोल्यान्डमा मिलेर बसेको यो समाज बिभिन्न रुप रङबाट होइन हामी एउटै नेपाली भएर सबै संस्थाले आ आफ्नो जिम्मेवारी पुरा गर्नु पर्छ भन्ने सबैको राय थियो र सबिले जन संपर्क समिती पोल्यान्डले गर्ने यस किसिमिका कार्यक्रमले अवश्य नेपाली समुदायलाई नजिक्याउने छ र आत्मियता बढाउनेछ भन्ने राय प्रस्तुत गरेका थिए ।
स्मरण रहोस् कार्यक्रमको सभापतित्व जन सम्पर्क समितिका आदरणीय व्यक्तित्व श्री होमनाथ सापकोटाले गर्नु भएको थियो ।