दिपक परियार पछिल्लो समय उदाउदो गायकको रुपमा चिरपरिचित हुँदै गएका छन।उनका गीति सङ्ग्रह कहिले सामाजिक बिकृती बिसङ्गतिबिरुद्ध ,कहिले गुल्मिका एतिहासिक स्थललाइ समेटेर त कहिले माया-प्रेमका बिषयलाइ जोडेर गीतहरु बजारमा ल्याइरहेका छन।त्यही सेरेफेरोमा नेपालिहरुको दोश्रो ठूलो पर्व तिहारको देउसी-भैइलो गीत फुल माला बजारमा पस्केका छन।मौलिकता र परम्परालाई समाबेश गरेर बजारमा आएको यश गीतले छोटो समयमै लोकपारखिको मन जित्दै गइरहेको छ।सर्जक दिपक कंडेलको शब्द तथा गणेश अधिकारिको सङ्गीतमा गायक परियारले स्वर भरेका छन भने गायिकातर्फ लोकपृय गायिका जुना श्रीसको स्वर रहेको छ।बजार ब्यबस्थापन दिपिका म्युजिकले गरेको छ।