आज मेरो लागि धेरै खुसीको दिन भएको छ। स्थापनाकालदेखि साथै अघि बढ्नुहुने वरिष्ठ उपाध्यक्ष श्री कमला दाहालज्यूलाई आफैले प्रस्ताव गरेर संस्थाको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गर्न सकिएको पल मेरो लागि पक्कै पनि हर्षित पल हो। तसर्थ तेश्रो महाधिवेशनबाट इनास ग्लोबल अध्यक्ष चयन हुनुभएकी मेरी बहिनी कमला दाहालज्यू र उहाँको नेतृत्वमा रहेको सम्पूर्ण कार्यसमितिका पदाधिकारीज्यूहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको कामना गर्दछु। मलाई संस्थापक अध्यक्षको अलावा महत्वपूर्ण कार्यकारी अधिकार सहित प्रमूख संरक्षक भूमिका राख्दै अझ बढी थप जिम्मेवारी सुम्पिनुभएकोमा नया कार्य समितिका पदाधिकारीज्यूहरुलाई स-हृ-दय धन्यवाद भन्न चाहान्छु । स्थापना कालदेखि आजसम्म सात वर्ष लगातार मेरो नेतृत्वमा रही र नरहेर पनि साथ दिने मेरा सम्पूर्ण पदाधिकारीज्यूहरुलाई हार्दिक धन्यवाद र विशेष आभार ब्यक्त गर्दछु। ग्लोबल विधानको पूर्ण अधिनमा रही निर्दिष्ट उद्देश्य प्राप्त गर्न नया कार्य समिति अझ बढि सक्षम हुनेछ भन्ने बिश्वास छ। साथीहरु, तपाईहरु निश्चिन्त हुनुहोस, यो सस्थाको उन्नति र प्रगतिको लागि अनि तपाईहरुको कार्य सफलताको लागि म सधैनै अझ बढि प्रतिवद्ध भएर तपाईहरुको साथ हुनेछु र आफूले सकेसम्म तन, मन. धन हर-तरहले सधै नै तपाईहरुलाई सहयोग गर्ने प्रण पून: दोहोर्याउन चाहान्छु। फेरि पनि तपाईहरु सबैलाई हार्दिक बधाई र कार्य-सफलताको शुभकामना ! अति विशेष कारणले उपस्थित हुन नसक्नुहुने स्थापना कालदेखि कै एक मूख्य सहयात्री मेरा अनन्य साथी श्री मित्रलाल पार्देज्यूलाई संस्थामा पूर्ण भूमिकायूक्त एक उच्च स्थान प्रदान गरिनेछ र साथै अघि बढिनेछ। तसर्थ तपाईलाई पनि अग्रिम शुभकामना !
र, हामी सबैको लगाव, मेहनत र प्रतिवद्धताले भोली हुने छैठौ इनास अवार्ड गरिमामय रुपमा सम्पन्न हुने पक्का छ । यस अवार्डका लागि निमन्त्रणा पुग्न नसकेका मेरा सबै मित्रहरुलाई हार्दिक निमन्त्रणा गरे है।
धन्यवाद !
हामी पाेल्याण्ड मा रहने ले कसरी NRN मा अाबद्व हुनेे कुनै उपाय बताईदिनुस न म हाल क्राकाेमा अाबद्व छ
LikeLike