यौन दुर्व्यवहार,महरा एक पात्र

कलश खरेल

७ अक्टोवर । विश्वको चल्तफुर्ता राष्ट्रका बिशिष्ट पदमा बाहाल व्यक्तिहरु पनि यौनमामिलामा कम्जोर हुन्छन् भन्ने विभिन्न तथ्यांकबाट खुलासा भएको छ।पछिल्लो समयको शक्तिशाली राष्ट्र अमेरिकामा पनि विल किलिन्टन देखि डोनाल ट्रम्प सम्म आइपुग्दा यौन दुरब्यवहारका अबिस्वास्निय घटनाहरु श्रार्बजनिक भैराखेका छन्।नेपालको सन्दर्भमा विश्लेषण गर्दा बलात्कार ,यौनदुर्ब्याबहार तथा यौनजन्य घटनाहरु कतिपय श्रार्बजनिक भएर खुलस्त भए भने कतिपय समाजमै दबाएर बन्द कोठामा सिमित गरियो।सम्भबत: नेपालको इतिहासमा उच्च ओदामा आसिन व्यक्तिलाई बलत्कार जस्तो गम्भीर अपराधको आरोप लागेको पहिलो पटक हो।कृष्ण बहादुर महरा एक नामुक नाम,शक्तिशाली पाटिको नेता,सभामुखको उच्च ओदामा बसेको व्यक्तिको यौन दुव्र्यवहार चक्र एकाएक बाहिर श्राबजनिक भयो।

5611BE70-68B0-4A58-BF0A-0F8E452B8BC8

२०४८ साल देखि चुनावमा नहारी निरन्तर साम्सद हुँदै २०५२ सालदेखी मावोवादिले सुरु गरेको युद्धमा निर्णायक भुमिकामा रहेको बेक्ती,सयौ गोलिसङ्ग मुकाबिला गरि नहारेको व्यक्ति महरा आज यौन मामिलामा युद्ध हारेका छन्।समाज र रास्ट्रलाई सहि मार्गमा दिशानिर्देश गर्ने सपथ खाएको एक उच्च तहको व्यक्ति नै यौन शोषण जस्तो घृणित कार्यमा सम्लग्न भएको खबर श्रार्बजनिक हुनु बिडम्ना हो।महिला शसक्तिकरणको नारा लगाउदै बिभेदको अन्त्य गर्ने बाचा गरेका महरा महिला निसस्तिकरणमा कसरी सामेल हुन पुगे?यो प्रशन रहस्यमय छ।एक महिलाको चल्दै गरेको जीवनलाई दोबाटोमा पुर्याएर महरालाई फलिफाप कदापी हुने थिएन।उनले रोशनी शाही नामक महिलालाई खेलको गोटि बनाएर आन्न्द लिने शुत्र मात्र बनाएको देखिन्छ।शाहिको आरोप अनुसार महरा घरमै गएर जबरजस्ती करणी गरेको सतहमा देखिएको छ।यधपी सुरुवातमा बलत्कारको आरोप लगाएकी शाहिले केही घन्टामै आरोप फिर्ता लिएकि थिइन भने घटना थप रहस्यमय बन्दै गएको थियो।सम्बन्ध बिगतदेखिनै स्थापित थियो वा हालै मात्र सम्पर्क स्थापित भएको थियो भन्ने सन्दर्भमा पक्कै पनि छानबिनले रहस्योघाटन गर्ला।दबाबमा फिर्ता लिएकी थिइन वा अन्य विषयले शाहिलाई दिशानिर्देश गरेको थियो ।उक्त विषय केही दिनमा पुष्टि होला।डिप्रेसनको शिखार बनेकी शाही कुन हद सत्य छिन वा छैनन् अनुसन्धानबाट छुट्टीएला।तर देश बनाउनको लागि जाहाजमा चढाएका नेताद्वारा जाहाज नै दुर्गन्ध बनाएर स्वार्थ पूरा गर्न तल्लिन हुन्छन भने बिस्वासको आधार के त! आज महरा एक पात्रको रुपमा अगाडि आएका छन जहाँ नदेखिएका,लुकेका,दबाइएका पात्र अथाह छन्।अब महिला बन्द कोठामा रोएर हैन जनतासामु पीडा,बेदना,शोषणका चित्रहरु पर्दाफास गर्नु अपरिहार्य छ।घरनै बिगार्ने नेताले देश समृद्ध बनाउछ भन्नू हात्ती आयो हात्ती आयो फुस्सा सरह हुनेछ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.