सेतो , रातो , कालो र निलो रगं को
वडाँ दशैं त अचेल यस्तै हुदो रहेछ।
जातजाती फरक फरक भए जस्तै
धर्म संस्कृति अलग अलग भए जस्तै
भाषाभेषभुषा भिन्दा भिन्दै भए जस्तै
कोही छन् व्यापारी ,
कोही गर्छन ज्याला मजदुरी,
यहाँ कोही माथिल्लो जाती,
कोही तल्लो जाती,
गरिबको छुट्टै रंग को , धनिको आफ्नै सानको
दशैंको रगं पनि फरक फरक हुदो रहेछ
आजभोली दशैं त यस्तै यस्तै हुदो रहेछ।
पहिले बालाक ताका,
आमाँले घरलाई कमेरोको लाली चडाएर
बौध धर्मालम्बि चिनाउने सेतो लुङ्दार झुन्डाएर
छोक्योनमा ( पुजा गर्ने कोठा) सेतो टिका बनाएर
कोकोम्हेन्दो फूल डाला भरी सजाएर
सबेरै तयार पारिएको मिठो खिर सगैं
रागों काटी सुकाएको सुकुटी,
पुजा गर्न राखिएको सेतो कुखुरा,
फूलबारीमा फूलेका सेतो गणेशफूल,
मेरो मन त्यो समय सेतो कमल जस्तै हुन्थ्यो।
दिदीबैनीको उज्यालों मुस्कान सगै हरियो जमराले,
घरको सफा रंगहरुले
सेतो दशैं जस्तै लाग्थ्यो।
मित “बा“ को मा पुग्दा,
रातो कमेरो ओढेको रातो घर,
रातै सारीमा रातो टिका लगाएकी
मित आमाँ,
डाला भरी रसिलो रातो स्याउँ,
नाङ्लो भरी गुलियो रातो सेल रोटी,
रातो टिकाले निधार छोप्पिन्थ्यो,
रातो गुलाब जस्तै हुन्थ्यो,
मित आमाँले रातो सेल रोटी दिनुहुन्थ्यो,
रातो गुराँस जस्तै हुन्थ्यो,
रातो टिका , रातो सेल र हातमा पाँचको रातो नोट
रातै सिमृक जस्तै हुन्थ्यो,
मित बाको घरमा मलाई रातै दशैं लाग्थ्यो।
अहिले ठुलो भए
मेरो साथी भन्छ यो त कालो दशैं हो,
छलकपट गरी दास बनाउन लगाइएको चाँड हो,
हाम्रो राज्य जितेर पछी जितमा मनाइएको
आफ्नो चाड पर्व मासिदिएर दशैं भिराइएको
यस्तो कालो दशै प्यारो मान्न हुन्न।
आउ हामी मिलेर हातेमालो गर्दै
दशैलाई वहिस्कार गरौं।
दशैंमा कालो टिका लगाएर पुर्खाको याद गरौं।
निधारमा कालो टिका,
शिरमा कालो फेटा,
जता ततै कालै पर्चा,
विरोधको लामो कालो लाइन,
थुप्रै कालो कथन सुनाउदै,
यो त हाम्रो पर्व हैन।
हामीले कालो दशैं मनाउनु हुदैन्।
मेरो साथी यस्तै यस्तै भन्छ।
अचेल उस्लाई दशै साच्चै कालो दशै लाग्छ।
साच्चै दशैं कालो रंगको हुन्छ र?
सेतो र रातो रंग को भए जस्तै।
दशैं प्रत्येक घरको रंग छुट्टाउदै भित्र पस्छ र?
जोगीले भिक्षा मागे जस्तै ।
दशैं जात र धर्म भन्दै बाटो बाटै लाग्छ र ?
विहानीको सुर्य घर माथी हुदै गए जस्तै।
मैले बल्ल थाहा पाए, दशैं त साच्चै रंगिन हुदो रहेछ।
सेतो , रातो , कालो र निलो रगं भए जस्तै।
आजभोली दशैं यस्तै हुदो रहेछ।
प्रदिप थिङ तामाङ
लिसबन, पोर्तुगल