दशैंको सौगात कबड्डी कबड्डी कबड्डी

४ अक्टोबर, वार्सवा । नेपाली हिन्दुहरुको महान चार्ड विजया दशैंको अवसरमा पोल्याण्डलाई कर्म थलो बनाई बसेका नेपालीहरुलाई मनोरन्जन प्रदान गराउनको लागि कलिउड पोल्याण्डले नेपाली कथानक चलचित्र कबड्डी कबड्डी कबड्डी भोलि अर्थात अक्टोबर ५ तारिख साँझ २३ बजे किनो लुनामा प्रदर्शन गर्ने भएको छ । नेपालमा दर्शक श्रोता एवं समिक्षकहरुको निकै सकारात्मक प्रतिक्रिया पाईरहेको कबड्डी कबड्डी कबड्डीको आक्रामक ब्यापार देखेर चलचित्र युनिट निकै उत्साहित देखिन्छ । असोज ३ गते अर्थात २० सेप्टेम्बर देखि प्रदर्शनमा आएको चलचित्र दोश्रो साता पुरा गरि तेश्रो सातामा प्रदर्शन हुँदैछ । राम्रो चलचित्रलाई कुनै ठुलै चार्ड पर्व वा अवसर चाहिदैंन भन्ने यो चलचित्रले पनि प्रमाणित गर्न सफल भएको छ। त्यसो त राम्रो नेपाली चलचित्रलाई नेपाली दर्सक श्रोताहरुले हमेशा माया गरेका छन् । कलिउड पोल्याण्डका संयोजन एवं नेपाली चलचित्रका यूरोपका वितरक सुरज कार्कीले यस चलचित्रलाई पनि पोल्याण्डमा रहेका दर्शक श्रोतालाई भरपुर मनोरन्जन दिने कुरामा बिस्वस्त छन् ।

गुरुङ्ग संस्कृति मामा चेली र भूपू चेलाको बिच चल्ने बिहेवारी गर्ने परम्परा छ तर कतिपय युवा युवतीहरुको त्यसमा बिमति रहँदै आएको छ । त्यसै विषयवस्तुलाई निर्देशक एवं लेखक रामबाबु गुरुङ्गले चलचित्रमा उतारेका हुन् । यस चलचित्रले मनोरन्जनका साथ साथै गुरुङ्ग संस्कृतिको पनि यथ्ष्ठ ज्ञान दिने गर्नेमा कुनै दूई मत छैन । त्यसो त यस अघि उनीद्वारा लिखित एवं निर्देशिक कबड्डी, कबड्डी कबड्डी पनि निकै सफल दरियो । कबड्डी कबड्डी कबड्डी त्यहि लहरको निरन्तरता हो भन्न सकिन्छ । सिनेमा आर्ट प्रा लि को प्रस्तुति तथा बासुरी फिल्म प्रा लि ले निर्माण गरेको चलचित्रमा कलाकारहरु दयाहंग राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ्ग, कर्मा, विल्सन बिक्रम राई , बुद्धि तामाङ्गहरुको मुख्य भूमिका रहेको छ । मणि राम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियार निर्माता रहेको चलचित्रलाई स्क्रिप्ट भने रामबाबु गुरुङ्ग र उपेन्द्र सुब्बाले संयुक्त रुपमा लेखेका छन् । चलचित्रको प्रदर्शन अगाबै दुबो फुल्यो र पछि माया पिरती गीत निकै चर्चित बन्दै गैरहेको छ जसले चलचित्रको ब्यापारमा समेत मद्दत पुगेको देखिन्छ ।प्रदर्शनको मिति नजिकिदै गर्दा कलाकार द्वय बुद्धि तामाङ्ग र उपासना सिंह ठकुरीले पोल्याण्ड प्रदर्शनको साथै दशैंको शुभकामना व्यक्त गरेका छन् ।चलचित्रलाई पोल्याण्ड सफल प्रदर्शनको लागि शुभकामना ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.