केही समय अघि मात्र पोल्यान्ड को वार्स मा सम्पन्न भिजिट नेपाल 2020 कार्यक्रम को आज एक कार्यक्रम का बिच आर्थिक प्रतिबेदन तथा समिक्षा बैठक सम्पन्न भएको छ।
सामान्य पिकनिक को आयोजना गर्ने भन्ने बिसय बाट सुरुवात भएको कार्यक्रम मा गैराआवाशिय नेपालि संघ पोल्यान्ड का सस्थापक अध्यक्ष को नया प्रस्ताब “भिजिट नेपाल 2020” को कार्यक्रम गर्ने कुरा आएपछि पोल्यान्ड मै रहेका पाच जना सदस्यहरु क्रमशः सम्योजक – डा बोधराज सुबेदी सदस्यहरू डा अलिनी पोख्रेल सुवेदी , सुसन परियार बिसर्जन, कबिन्द्र सुवेदी र रेखा सापकोटा को टटस्थ समिती तयार पारेर गरिएको कार्यक्रम मा पोल्यान्ड स्थित बिभिन्न संघ सस्था, ब्यबसायी र समाजिक अभियान मा सक्रिय नेपाली अभियन्ता हरुको संलग्नता मा सम्पन्न भएको छ।
पोल्यान्ड मै व्यावसायिक रुपमा र रोजगारिका लागि बसेका नेपाली हरु बाट सहयोग रकम उठाइ सम्प्नन्न गरिएको कार्यक्रम पहिलो पल्ट पोल्यान्ड मा गरिएको हो । जुन कार्यक्रम बाट करिब ५५०/- ज्लोती अझै उक्त समुह लाई ऋणभार परेको आर्थिक प्रतिबेदन मुल सम्योजक सुवेदी ले पेस गर्नु भएको थियो सोही समयमा पानी अभियानकर्ता मित्रलाल पार्देले रु ५०/- ज्लोती सहयोग गरेपछी समिक्षा बैठक सुरु भयो जसमा उक्त कार्यक्रम लाई विभिन्न ढङ्गले सहयोग गर्ने नेपाली संघ सस्था का प्रतिनिधि, व्यावसायि, बिध्यार्थी र पत्रकार हरुको सहभागीता रहेको थियो निक्कै उत्साहजनक रुपमा भएको समिक्षा मा आगामि दिनमा कार्यक्रम गर्दा अझ धेरै समुहलाइ समेटी अहिले भएका कमिकम्जोरिलाई सच्याउदै गर्ने कुरामा जोड दिएका थिय भने अधिकांस उपस्थित ले कार्यक्रम को सुरुवात गर्नु नै सबैभन्दा उपलब्धी मुलक र उत्कृष्ट भएको जानकारी गराएका थिय। करिब दुई घण्टा जति संचालित कार्यक्रम को सम्योजन डा बोधराज सुवेदी ले गर्नुभएको थियो भने केही प्रसंसा पत्र दिन छुटेका लाई पनि आज बितरण गरिएको थियो ।
प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु सम्पुर्ण लाई हार्दिक धन्यवाद ज्ञापन गर्दै समापन गरिएको कार्यक्रम वार्स को होटल सिद्धार्थ मा भएको थियो।
सुसन परियार बिसर्जन