कलश खरेल
२९ सेप्टेम्बर । देशमा स्वतन्त्रताका लागि हजारौं व्यक्तिहरुले बलिदानी दिए। राणा शासनकाल देखि राजतन्त्रात्मक ब्यबस्थालाई अन्त्य गर्न कैयौंपटक आन्दोलन र दन्द्ध भए नेपालमा। देशमा राजतन्त्र हुँदा नेपाली नागरिकहरु स्वतन्त्र हुन सकेनन् भनेर चारैतर्फबाट आवाज उठाइयो।जनताको लागि वास्तविक लोकतन्त्र नै गणतन्त्र हो भनेर दल ,अगुवा र बुद्धिजिबिले आकर्षक नाराहरु सम्प्रेषण गरे।उक्त सिहासनलाई जनताले स्विकार गरे।फलस्वरूप २०६२/६३ को आन्दोलनमा जनलहरनै सहभागी भएर राजा पछि हट्न बाध्य भए।आज गणतन्त्रात्मक मुलुकमा एउटा अभियान्ताले केही बिषयमा जनताको प्रतिनिधित्व गरेर विकृती,बिसङ्गती, ब्यतिथी र भ्रस्टाचारको आवाज बुलन्द गर्दा ज्याननै तरबारको धारमा बल्झाउनु पर्ने अवस्था सृजना हुनु दुर्भाग्य हो।शाहीको शैली वा तौरतरिका पुरै जायज नहुन सक्छ।उनका पनि केही बिषयमा सर्बसहमती पक्कै पनि छैन तर निषेधको नाममा व्यक्तिमाथी नै भौतिक आक्रमण हुनु गणतन्त्रको ठाडो उपहास ठहरिन्छ। नेपाली जनता शान्ती र शुसासनको खोजिमा छन्।शान्त बाताबरणमा देश विकासको दियो बलेको हेर्न उत्सुक भैरहेका आम जनताको लागि पुनः दन्द्ध ,आन्दोलन ,प्रतीसोध,निषेध कदापी सहि हुन सक्दैन।यदि राज्य सम्यन्त्रमा भ्रष्टाचारको जालो नअन्कुरिएको भए बिरोध गर्नु पर्ने वा बिपरित अभियान सन्चालन गर्नु पर्ने जरुरी थिएन।शुसान,अमनचयन ,विकासको रफ्तार अपेक्षाकृत हुन सकेको भए शाही जस्ता अभियान्ता सायदै यस मामिलामा आवश्यक थिएन।
जनताको असन्तुष्टिको उपज र अपेक्षाको घडिको रुपमा पछिल्लोपटक उदय भएका हुन् रबि लामिछाने र शाही।नेपालका पार्टी गलत हुनु पर्ने स्थिती होइन तर केही स्वार्थमा लिप्त व्यक्तिको कारण पनि पार्टी प्रतिको विश्वास पनि घट्दै गएको अनुमान गर्न सकिन्छ।स्थापित पार्टिले आखिरमा जनतालाई के दिए त?यो गहन प्रशन जनतामाझ बिराजमान छ।गणतन्त्र दिए के का लागि?के ब्यतिथी बिरुद्ध खबरदारी गर्दा ज्याननै जोखिम मोल्नु पर्ने हो त!२१ वौ शताब्दीको संघारमा सभ्य समाजको वकालत गरिरहँदा मानव अधिकारको शुनिस्चितता कहाँनिर चुक्यो।यी बिषयमा गम्भीर र संबेदनसिल भएर राज्य तदारुकताका साथ मानव अधिकार सुरक्षित गर्न लाग्नु अपरिहार्य छ।वाक स्वतन्त्रताको बाताबरण खलबलिनु मनासिब हुन सक्दैन।बिरोध र समर्थन स्वभाबिक हुन्छ।अराजक गर्ने समूह वा पक्षलाई नियन्त्रणमा लिने हो तर समालोचनात्मक टिप्पणी गर्नेलाई पिन्जडामा थुन्न खोज्नु मानबताहिन बाहेक अरु हुन सक्दैन।चितवनमा आक्रमणको घटनाबाट पाठ सिकेर आगामी दिनमा थप गलत प्रबृत्तिको बिकास हुन नदिन सरकार अब रमिते बन्ने होइन।जनताको आबाजलाई सुन्ने सामर्थ्य राख्नु पर्छ ताकी दबाउने कोशीस वा नियत राख्नु सदासर्बदा मिथ्या साबित हुनेछ।शाहिको चिन्तन र अभियान जनताकै अभियान हुन यद्यपि उनका शैली केही सुधार्नु पर्ने पक्कै छ होलान।बिधिको शासनमा देश चल्ने हो नकि अराजकता,असहिष्णुता प्रदशन गर्ने होइन।भ्रस्टाचार अन्त्य गरौँ,सम्मुन्त,सबल एवं समृद्ध राष्ट्र निर्माण गरौँ।