NRNA पोल्यान्ड का पदाधिकारी ले भेटे कार्चेप का नेपाली

नब निर्बाचित पोल्यान्ड का पदाधिकारी हरुले आज पोल्यान्ड को कार्चेप मा रहेका नेपाली हरु सङ्ग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन। महिला सम्योजक ले समन्वय र सम्पर्क गरि सफल भएको उक्त कार्यक्रम मा संघ का महासचिब कबिन्द्र सुबेदी, सचिब सुसन परियार, महिला संयोजक सङ्गिता लामा घलान, र कार्यसमिति सदस्य सुरेन्द्र आचार्य को उपस्थिति मा भएको भेटघाट कार्यक्रम मा नेपाली हरुको सक्रिय उपस्थिती रहेको थियो। नेपाली हरुले एन आर एन ए ले भेट्न आउदा अभिभावक नै आएको र हाम्रा कुरा सुनिदिन र हाम्रो हाल खवर बुझ्न आइदिएको भन्दै एन आर एन ए छ र हाम्रो अभिभावक सस्था रहेछ भन्ने महसुस बल्ल भएको बताएका छन। आफुलाइ लागेका केही जिज्ञासा र सामान्य एन आर एन ए का गतिबिधी बारे जानकारी गराउदै सस्था का सचिब सुसन परियार ले नेपाल र नेपाली का लागि हर तरहले सस्थागत रुपमा निरन्तर सहयोग गर्ने र पाचौ अधिबेशन बाट पाएको जिम्मेवारी सम्पुर्ण नेपाली हरुले दिएको बिस्वास हो यो बिस्वास लाई न डगमगाउन र नेपाल र नेपाली का लागि सधै हातेमालो गर्न एन आर एन ए पोल्यान्ड सदैब कटिबद्ध रहने जानकारी गराउदै सुरु भएको कार्यक्रम मा महासचिव कबिन्द्र सुवेदी ले आगामी आउदो अक्टोबर मा नेपाली हरुको महान चाड बडादशैको शुभकामना आदानप्रदान कार्यक्रम मा सम्पूर्ण नेपाली हरुलाइ निमन्त्रणा दिदै उक्त कार्यक्रम सफल बनाउन सम्पुर्ण ले आफ्नो ठाउँ बाट सक्दो सहयोग गर्न पनि अपिल गर्नुभएको थियो।

महिला संयोजक तथा अब छिट्टै हुन लागेको दशै को शुभकामना आदानप्रदान कार्यक्रम कि सस्स्कृतिक सम्योजक सङ्गिता लामा घलान ले उक्त कार्यक्रम बारे जानकारी दिदै आफू सङ्ग भयका कला र सिर्जना लाई लियर आउन आग्रह गर्नु भएको थियो भने महिला र पुरुस समयोजक को समुहमा बसेर काम गर्न चाहने युवा युवतिलाइ पनि स्वेच्छिक रुपमा आफ्नो नाम टिपाउन आग्रह गर्नुभएको थियो। कार्चेप मा रहेर नेपाल र नेपालिका लागि सदैब काम गर्न तयार रहेको बताउदै सदस्य सुरेन्द्र आचार्य ले सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी लाई आफुलाइ सहयोग गर्न आग्रह गर्नुभएको थियो।उपस्थित महानुभाब हरुले NRNA पोल्यान्ड ले यस्ता भेटघाट र अन्तरक्रिया कार्यक्रम लाई निरन्तरता दिन आग्रह गरेका थिय भने आउदा दिनहरुमा पोल्यान्ड को श्रमिक कानुन र डकुमेन्ट सम्बन्धी देखापरेका सम्स्या बारे सेमिनार तथा गोष्ठी संचालन गर्न सके प्रभावकारी रहने बताएका थिय।उक्त कार्यक्रम सम्पन्न गर्न त्यहा रहेका नेपाली लाई एकत्रित गर्न सहयोग गर्ने सुकुलाल तामाङ्ग, मिलन डङ्गोल र तासिना ह्योल्मो लाइ NRNA पोल्यान्ड को तर्फ देखि महासचिब सुरेन्द्र आचार्य ले धन्यवाद एबम आभार प्रकट गर्नुभएको थियो भने सस्थाका महासचिव ले सम्योजन गर्नु भएको कार्यक्रम को सन्चालन सस्थाका सचिब सुसन परियार ले गरेका थिय। अन्तमा NRNA पोल्यान्ड का पदाधिकारी ले सम्पुर्ण लाई आउदै गरेको दशैको शुभकामना आदानप्रदान कार्यक्रम मा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाइ अग्रिम निमन्त्रणा दिदै कार्यक्रम समापन भएको। थियो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.