एन आर एन ए बेलायत निर्वाचन:अध्यक्षमा गुरुङ र महासचिवमा भट्टराई विजयी

२१ सेप्टेम्बर।निकै तामझाम र रस्साकस्सिका साथ सम्पन्न गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेलायतको निर्वाचनमा अन्तह: अध्यक्षमा पुनम गुरुङ्ग र महासचिवमा फडिन्द्र भट्टराईले बाजी मारेका छन्। निकै कडा प्रतिस्पर्धाकाबीचमा निकटतम प्रतिद्वन्दी शेरबहादुर सुनारलाई २ सय तीन मतले पछि पार्दै गुरुङ्ग बेलायतको इतिहासमा महिला अध्यक्ष बन्न सफल भएकी हुन्।गुरुङ्गले ४५५१ मत प्राप्त गर्दा सुनारले ४३४८ मत प्राप्त गर्न सफल भएका थिए।महासचिवमा भने कुशल पत्रकार एवं सामाजिक अभियान्ता फडिन्द्र भट्टराई निकै फराकिलो अन्तरले प्रतिष्प्रधिलाई हराउदै विजयी भएका हुन्। भट्टराईले ३९७५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी कर्मा पहाडी शेर्पाले ३१९२ मत मात्र पाएका थिए। उपाध्यक्षहरुमा रेजिना प्रधान राईले ४४४४ मत प्राप्त गरि विजयी बनिन भने प्रेम गाहा ३५५९ र सुनिलबाबु खड्काले २७५७ मत प्राप्त गरि जित हासिल गरे।त्यसैगरी सचिवमा जित रानाभाट ३२०९ र कोशलेस्वर ढकालले ३२१३ मत ल्याएर निर्वाचित भए। महिला सचिवमा रन्जिता मल्लले ४४९६ मत ल्याएर बिजयी बन्न सफल भएकी छिन्।

71036415_2384282741625079_1091960057362382848_n

त्यसैक्रममा कोषाध्यक्षमा तेजेन्द्र रोका ३५८७ मत र सहकोषाध्यक्षमा सलुन्तला गुरुङ्ग ३९३६ मत सहित विजयी बने। युवा संयोजकमा नविन गुरुङ्ग ४३६८ मत ल्याएर निर्वाचित भए भने महिला संयोजकमा प्रसुना कंडेल ३३८५ मत प्राप्त गरि विजयी बन्न सफल भएकि छन्।आइसिसी सदस्यमा ललित न्यौपाने ,सुरोज मास्के,दयानिधी सापकोटा ,अर्कराज तिम्सिना,योगकुमार फगामी,लीलादेबी गुरुङ्ग र शुसिला राई निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा कोपिला वनेम,कृष्ण प्रसाद खरेल,अमृता गिरी,सरस्वती केसि,गोमा पौडेल ,हेमबहादुर लिम्बू,प्रकाश कंडेल ,डा सुनिलकुमार शाह,ज्ञानेन्द्र आलेमगर,चन्द्रकला लिम्बू,तारामैया गुरुङ्ग र लालबहादुर गुरुङ्ग विजयी बनेका छन।

स्मरण रहोस् निर्वाचनताका एन आर एन ए इतिहासमा प्रतिष्पर्धीले एक अर्कालाई मत मागेको नमुना कार्य भनी सामाजिक संजालमा प्रचार गरिएपनी उक्त प्रचार लामो समय टिक्न सकेन। फलस्वरूप निर्वाचन सम्पन्न भैसकेपछी बिबाद सतहमा आएको थियो। एक अर्कालाइ धाधलीको आरोप -प्रत्यारोपको कारण केही दिन मतगणना समेत हुन सकेको थिएन। यद्यपि पछि दुबै पक्षको सहमती पश्यात मतगणना सुचारु गरिएको थियो। अध्यक्षका प्रत्यासिद्वोय पुनम गुरुङ्ग र शेरबहादुर सुनारबीचमा निकै कडा प्रतिस्पर्धा भएको थियो। अन्तिम समय सम्म पनि परिणाम कसको पक्षमा आउँछ भन्ने अनुमान गर्न निकै हम्मे -हम्मे भएको देखिन्थ्यो । औपचारिकरुपमा भने निर्वाचन परिणाम निर्वाचन समितिले भोलि आइतबार मात्र घोषणा गर्ने जानकारी गराइएको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.