नब निर्बाचित पोल्यान्ड का पदाधिकारी हरुले आज पोल्यान्ड को स्केर्निभिच मा रहेका नेपाली हरु सङ्ग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन। संघ का अध्यक्ष नरेश सापकोटा को नेतृत्व मा गएको भेटघाट कार्यक्रम मा नेपाली हरुको सक्रिय उपस्थिती रहेको थियो। नेपाली हरुले एन आर एन ए ले भेट्न आउदा अभिभावक नै आएको र हाम्रा कुरा सुनिदिन र हाम्रो हाल खवर बुझ्न आइदिएको भन्दै एन आर एन ए छ र हाम्रो अभिभावक सस्था रहेछ भन्ने महसुस बल्ल भएको बताएका छन। आफुलाइ लागेका केही जिज्ञासा र सामान्य एन आर एन ए का गतिबिधी बारे जानकारी गराउदै सस्था का अध्यक्ष नरेश सापकोटा ले नेपाल र नेपाली का लागि हर तरहले सस्थागत रुपमा निरन्तर सहयोग गर्ने र पाचौ अधिबेशन बाट पाएको जिम्मेवारी सम्पुर्ण नेपाली हरुले दिएको बिस्वास हो यो बिस्वास लाई न डगमगाउन र नेपाल र नेपाली का लागि सधै हातेमालो गर्न एन आर एन ए पोल्यान्ड सदैब कटिबद्ध रहने जानकारी गराउनु भएको छ। सस्था का युवा सम्योजक भिम परियार ले पोल्यान्ड को कार्ड र डकुमेन्ट को समस्या को बिसयमा आफ्ना राय राख्दा उपस्थित दाजु भाइ तथा दिदिबहिनी ले नबुझेका कुरा र नजानेका कुरा बुझ्ने सुबर्ण अवसर सिर्जना भएको थियो ।
महिला संयोजक तथा अब छिट्टै हुन लागेको दशै को शुभकामना आदानप्रदान कार्यक्रम कि सस्स्कृतिक सम्योजक सङ्गिता लामा घलान ले उक्त कार्यक्रम बारे जानकारी दिदै आफू सङ्ग भयका कला र सिर्जना लाई लियर आउन आग्रह गर्नु भएको थियो भने सस्थाका कोसाअध्यक्ष भिम बहादुर खडका र लेखा समिती का सचिब पवन खडका को गरिमामय उपस्थिति रहेको थियो।सस्था का अध्यक्ष नरेश सापकोटा को अध्यक्षता मा भएको कार्यक्रम को सन्चालन सस्थाका सचिब सुसन परियार ले गरेका थिय भने अन्तमा अध्यक्ष ले सम्पुर्ण लाई आउदै गरेको दशैको शुभकामना आदानप्रदान कार्यक्रम मा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाइ अग्रिम निमन्त्रणा दिदै कार्यक्रम समापन भएको थियो।