पोल्याण्ड मान्छे ल्याउने नाउँमा श्रेष्ठले ठगेको आरोप

०८ सेप्टेम्बर, वार्सवा । बैदेशिक रोजगारीमा लाग्दा धेरै सोझा साझा नेपालीहरु दलाल या म्यानपावरबाट ठगीमा पर्ने गरेको कुनै नौलो होइन । पोल्याण्डमा पनि धेरै व्यक्तिहरु आफुहरु दलालबाट ठगीमा परेको घटनाहरु आइराखेका छन् । त्यस्तै आफ्ना मान्छेहरु पोल्याण्ड ल्याइदिञ्छु भन्दै ठगीमा परेको एक पिडित युवाको गुनासो छ । गुल्मी तम्घास स्थाई घर भई हाल पोल्याण्डमा केहि समय देखि बस्दै आएका जीवन बोहोराले आफु सुमन श्रेष्ठद्वारा ठगीमा परेको आरोप लागेका छन् । पोल्याण्ड मै बस्दै आएका श्रेष्ठले आफ्नो ६ जना मान्छेहरु पोल्याण्ड ल्याएर काममा ल्याईदिने भन्दै सुरुमा जनही ५०/५० हजार नेपाली रुपैयाँको दरले ३ लाख बुझाएको र पछि पुन: १०/१० हजार गरि जम्मा ६० जहार (जम्मा ३ लाख ६० हजार) बुझाएको पिडित बोहोराले जानकारी दिएका छन् । तर लामो समय कुर्दा पनि २ जनाको मात्रै वर्कपरमिट आएको र बाँकि ४ जनाको वर्कपरमिट नआउँदा पैसा फिर्ता दिने सम्झौता भए पनि हाल श्रेष्ठ कहिले सम्पर्कमा नआउने त कहिले पैसा फिर्ता दिने भन्दै आलटाल गर्ने गरेको आरोप लगाएका छन् । वर्कपरमिट निकाल्न नसकेका व्यक्तिहरुमा अनिल सापकोटा, बिष्णु भण्डारी, माधव न्यौपाने र नबिन भण्डारी रहेका छन् । त्यस्तै ऋषिराम सापकोटा र भोजराज सापकोटाको नक्कली भिसा समेत निकालेर दिएको भन्ने पिडितहरुले आरोप लागेका छन् ।

आरोपी सुमन श्रेष्ठ

68843403_2443742485850490_5265117184585105408_n

नक्कली भिसाहरु

 

करिब एक वर्षसम्म आफुले कुरेको तर श्रेष्ठले वर्कपरमिट निकाल्न नसक्दा पिडित बोहोरा र श्रेठबिच पटक पटक लेनदेनको बारेमा कुरा छलफल भएको बोहोराले दिएको जानकारीबाट देखिन्छ । बोहोरा श्रेष्ठले वर्कपरमिट निकाल्न नसकेको केवल एकजनाको मात्रै पैसा फिर्ता गरे पनि पटक पटक बाँकि रकम फिर्ता गर्छु भनेको तर फिर्ता नगरेको पिडितहरुको आरोप छ । पिडितहरुले दिएको जानकारी अनुसार बिगत ७ महिना देखि श्रेष्ठलाई कैंयौ पटक सम्पर्क गर्न खोज्दा पनि आफुहरुसंग राम्रोसंग न त कुरा गर्न खोजेको न त भेट्न नै चाहेको गुनासो गरेका छन् । वार्सवा बाहिर बस्ने बोहोरा, वार्सावामा बस्ने श्रेष्ठलाई पटक पटक वार्सवा आएर भेटेर कुरा गर्न चाहेको तर श्रेष्ठले अनेक बहाना बनाई कहिले पनि पिडितलाई नभेटेको गुनासो गरेका छन् । बोहोराले उपलब्ध गरेको जानकारी अनुसार श्रेष्ठले आफुलाई पटक पटक पैसा फिर्ता दिन्छु भन्दै झुक्याएको जिकिर गरेका छन् । पिडितले उपलब्ध गरेको श्रेष्ठको मोबाईल नम्बरमा हामीले पनि यसबारे सत्य तथ्य बुझ्न श्रेष्ठलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.