देश छोडेर प्रबासमा बसेपनी नेपाल र नेपालिप्रती सदैब गहिरो चिन्तन गर्ने बहुआयामिक एबम बिकास प्रेमी बेलायतबासी युबा बिनय अधिकारिले आगामी केन्द्रिय गैर आबासिय नेपाली संघको चुनावमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन।हाल एन आर एन ए युकेका उपमहासचिब रहेका अधिकारी बेलायतबासी नेपाली अलवा अन्य देशका नेपालिहरुबिचमा पनि निकै लोकप्रिय समाजसेवीको रुपमा चिरपरिचित छन।भेदभाव र असमानताका विरुद्ध आबाज उठाउदै आएका अधिकारी अबको एन आर एन ए सम्पुर्ण नेपाली जन-जनको कल्याणकारी सस्था बनाउनु पर्छ भन्ने मार्गदर्शक सिद्धान्त अंगाल्दै आएका छन।जनहितकारी सिद्धान्तलाई सर्बोपरी मानेका अधिकारीले जित्ने प्रबल संभावना रहेको बताइएको छ।उनले युके एन आर एन ए लाई समेत सिमित घेरामा नराखी अधिकतम नेपालिहरुमा पहुच पुर्याउने उद्देश्यका साथ झन्डै १५ हजार हाराहारी पन्जिकृत सदस्य बनाउने अभियानको सुरुवात गरि निष्कर्षमा पुर्याएरनै छोडे।एन आर एन ए प्रचारमुखी भन्दापनि पुर्ण सेवा मुखी बनाउने आफ्नो योजना अनुरुप उम्मेदवारी दिएको अधिकारी बताउछन।अधिकारी एक कुशल पत्रकार पनि हुन।विभिन्न छापा मिडियादेखी अनलाइन खबरमा समेत आबद्ध अधिकारिले सुचना तथा समाचार मार्फत सामाजिक जनचेतना पैदा गर्ने कार्यमा समेत उल्लेखनीय भुमिका निर्बाह गर्दै आइरहेका छन।स्मरण रहोस आगामी अक्टोबरमा काठमाडौमा निर्बाचन हुँदै छ।एक पटक आफुलाइ मतदान गरि कामको मुल्यांकन एबम परिक्षण गर्न उनले मतदाता समक्ष विशेष आग्रह गरेका छन।