प्रेस विज्ञप्ति
सम्पुर्ण पोल्यान्ड बासी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु, विभिन्न संघ सस्था तथा व्यावसायिक महानुभाबहरु मा नमस्कार।
हामी हृदय देखिनै हार्दिक आभार ब्यक्त गर्दछौ कि 2019-2021 को कार्यभार यहाहरुले दिएको बिस्वास र आत्मियता हो। तपाईं हरुको यो बिस्वास र आत्मियता को जग लाइ ढल्न नदिन ,यहाहरुका सुझाब र सल्लाह हाम्रा लागि अनि समग्र एन आर एन ए पोल्यान्ड का लागि गतिलो मार्गदर्शन बन्ने मा दुई मत छैन। हामी आतुर छौ, गैरआवाशिय नेपाली संघ पोल्यान्ड लाई यहाहरुको मन मन मा रहने गरि अभिभावकत्व प्रदान गर्न यस्का लागि हामी कोहि कसैको चाकडी र चाप्लुसी गर्ने छैनौ। हामी हाम्रो समुहको योजना, परिकल्पना र उद्देश्य मा दृढ सङ्गकल्प र ठोस निर्णय दिने गरि काम गर्ने तयारी मा छौ। यस अर्थमा हामिलाइ कोहि राजनैतिक, या कुनै ब्यक्तिबादी चरित्र र प्रवृत्ति को हाबी स्विकार हुनेछैन। हामी नेपाली र नेपाल का लागि कटिबद्ध भएर काम गर्ने छौ। एन आर एन ए पोल्यान्ड को विषय कुनै ब्यक्ति वा राजनैतिक संघ सस्थाले आफ्नो मनोगत,ब्यक्तिगत र कपोलकल्पित कुरा हरुमा नजोडिदिनु हुन आग्रह गर्दै यहाँ हरुको माया, सुझाब सल्लाह र हौसला मा अगाडि बढ्ने प्रतिबद्ध छौ भन्दै यो सुचना जानकारी गराउदछौ।
धन्यवाद !!!!
गैर आवासीय नेपाली संघ पोल्यान्ड
अध्यक्ष
नरेश सापकोटा
तथा समस्त नबनिर्बाचित कार्यसमीती परिवार
जय एनआरएनए