हिन्दू नारिहरुको महान पर्ब हरितालिका तिजको अबसर पारेर गुल्मी समाज पोल्यान्डको आयोजनामा पोल्यान्डको वार्सावा शहर स्थित हिमालयन यती रेस्टुरेन्टमा हरितालिका तिज बिशेष दर खाने कार्यक्रम साथै सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ!कार्यक्रमको प्रमुख अतिथी मा एनआरएनए पोल्यान्डका नबनिर्बाचित अध्यक्ष नरेश सापकोटा रहनुभएको थियो भने आईसिसी ग्लोबल केन्द्रिय सदस्य पदम बहादुर गुरुङ तथा आईसिसी सदस्य साथै एनआरएनए पोल्यान्डका सस्थापक अध्यक्ष डा बोधराज सुबेदी कार्यक्रमको बिसिस्ट अतिथी को रुपमा रहनुभएको थियो!साथै उक्त कार्यक्रममा एनआरएनए पूर्व अध्यक्ष गोपाल राई ,अन्तररास्ट्रिय कलाकार संघ केन्द्रिय उपाध्यक्ष साथै पानी अभियान कर्ता मित्रलाल पार्दे,इनास पोल्यान्डको तर्फबाट कार्यबाहक अध्यक्ष अमित कुमार यादब,प्रबाशी मन्चको तर्फबाट अध्यक्ष टङ्क कटुवाल,जनसंपर्क समिती पोल्यान्डबाट सभापति डा अलिनी पोखरेल सुबेदी महामन्त्री नारायण चालिसे,शेर्पा किदुक पोल्यान्डको तर्फबाट कार्यबाहक अध्यक्ष सोनम शेर्पा,पत्रकार समिती पोल्यान्डको तर्फबाट झकेन्द्र सापकोटा र ब्यबसायी संघ पोल्यान्डको तर्फबाट अध्यक्ष आनन्द घिमिरेको आतिथ्यता रहेको थियो!त्यसै गरी नेपाल देखी पारिवारिक भेटघाटको लागि आउनु भएका चेतनारायण तिवारी,बिजया तिवारी ,प्रेम नारायण पार्दे ,यमादेबी पार्दे ,डिलकुमारएे निउरे ,मिरा गुरुङ्ग लगायत मिडिया सपोर्टर पिएन टिभी को तर्फबाट बिबेक पौड्याल पनि उक्त कार्यक्रमको अतिथिको रुपमा रहनुभएको थियो!साथै उक्त कार्यक्रममा बालकलाकार रिजन न्यौपाने ले स्वागत न्रीत्य प्रस्तुत गर्नुभएको थियो भने गुल्मी समाज पोल्यान्डकी उपाध्यक्ष रिता न्यौपाने ले स्वागत मन्तब्य प्रस्तुत गर्दै सम्पूर्ण दिदिबहिनी हरुलाई हरितालिका तिजलाई बिक्रिती रहित तरिका बाट मनाउन सुझाब दिनुभएको थियो!त्यसैगरी उपस्थित सम्पूर्ण अतिथिहरुको तर्फबाट मन्तब्य राख्दै एनआरएनए पोल्यान्डका अध्यक्ष नरेश सापकोटा ज्यु आगामी दिनमा एनआरएनए पोल्यान्डले नेपाली सस्क्रीती तथा भाषा भेषभुषाको बारेमा पोल्यान्डमै जन्मिएर हुर्कदै गरेका नानीबाबुहरुलाई जानकारी गराउनको निम्ती बिशेष किसिमको योजना आफुले लिएर आउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो!कार्यक्रममा उल्लेख्निय सङ्ख्यामा दिदिबहिनीहरु तथा दाजुभाई हरुको उपस्थिती रहेको थियो!साथै उपस्थित सम्पूर्ण दिदिबहिनी हरुले प्रदेश मा आएर पनि सबै जम्मा भएर तिज मनाउन पाउदा पर्देशमा आएर परिवार देखी टाढा हुनुपर्दाको पिडा लाई केही हदसम्म कम बनाईदिएको बताउनु भएको थियो! साथै बिभिन्न किसिमका तिज गीतमा दिदिबहिनीहरु आनन्द लिईरहनुभएको थियो भने साथमा दाजुभाई हरुमा नाचेर अझ तिजको माहोल तताईरहनुभएको थियो!नया तथा पुराना तिजगित बजिरहदा बिच बिच मा नाच्नुपर्छ हामीपनी भन्ने गीतले सबैभन्दा धेरै माहोल तातिरहेको देखिन्थ्यो!साथै उक्त कार्यक्रममा एनआरएनए पोल्यान्डका नबनिर्बाचित कार्यसमिती का पदाधिकारी हरुलाई पनि सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको थियो भने उक्त कार्यक्रममा स्वागत न्रित्य प्रस्तुत गर्नुहुने बालकलाकार रिजन न्यौपाने साथै कार्यक्रम मा मिडिया पार्टनर पिएन टिभी को तर्फ बाट बिबेक पौड्याल तथा कमल ज्ञवाली लाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो!कार्यक्रम गुल्मी समाज पोल्यान्डका अध्यक्ष प्रकाश तिवारी को अध्यक्षतामा समापन भएको थियो भने कार्यक्रमको सन्चालन गुल्मी समाज पोल्यान्डका सचिब नुमनाथ न्यौपाने ले गर्नुभएको थियो!
न
ुमानाथ न्यौपाने
तस्बिर का लागि
https://drive.google.com/drive/mobile/folders/1Z9i3En4uw3UWSZZPyqnwBe5o4jvv91hN