पोल्याण्डमा आधिकारिक रुपमा बस्ने नेपाली ।

बिनोद आचार्य
वार्सावा ,पोल्याण्ड

पोल्याण्डमा आधिकारिक रुपमा बैधानिक रुपमा बसोबास गर्ने नेपालीहरुको संख्या २२६१ भएको तथ्यांक येहाको आप्रबासी संस्था(कार्यालय) ले जनाएको छ | यसमा १७८३ जना पुरुष छन् भने ४४१ जना महिला छन् ! | २०१९ साल को जानकारी अनुसार त्यो संख्या विभिन्न किसिमको आप्रबासी कार्ड लिएर बैधानिक रुपमा बस्ने नेपालीको संख्या हो | तथ्यांक अनुसार सबैभन्दा धेरै नेपालीहरु आस्थई बसोबास स्वीकृति लिएर वसेको देखिन्छ | तथ्यांक अनुसार हाल १८९१ नेपालीहरुसंग अस्थई बसोबास गर्ने कार्ड छ | त्यसमा ९६७ जना मजोविया वोइवोदा बाट छ | जुन पोल्याण्ड भरिको अधिकतम हो | तेसैगरी ,सबैभन्दा थोरै संख्यामा अस्थाई बसोबासको कार्ड पोमोरियन वोइवोदा बाट ७ जना नेपालीले लिएको देखिन्छ |

हाल पोल्याण्डमा शर्णरार्थीको रुपमा बस्ने नेपालीको संख्या १ जनामा सिमित छ | तेसैगरी टोलेरेटेड स्टे अन्तर्गत पनि एकजना नेपाली बसेको बसेको देखिन्छ | चाख लाग्दो कुरा के छ भने स्थाई बसोबास पत्र लिने नेपालीको संख्या ६१ छ | त्यसमा मजोविया वोइवोदा बाट अधिकतम ४२ जना छन् भने न्युनतम लुबुसकी वोइवोदा बाट १ जना छन्! पूरक संरक्षण (complementry protection) अन्तर्गत बस्ने एक जना नेपाली छन् | हालसम्म लामो आवधि को EU कार्ड (Long term EU कार्ड) लिने नेपालीहरुको संख्या २५३ छ! यो कार्ड लिने नेपालीको संख्या मजोविया वोइवोदामा अधिकतम १५४ जना छन् भने न्युनतम लुबुसकी वोइवोदामा १ जना देखिन्छ | यूरोपियन युनियन को पारिबारिक सदस्य भएर बस्ने नेपालीको संख्या २ छ | यसका अलावा मानबिय कारणले पोल्याण्डमा बस्ने नेपालीको संख्या ५ छ | यस तथ्यांकमा कुनैपनि विजा को आधारमा पोल्याण्डमा बस्ने नेपालीलाई समाबेस गरिएको छैन | धेरै नेपालीहरु कार्ड भएता पनि विभिन्न कारणले पोल्याण्ड बाट अरु देश गएको हुदा नेपालीको संख्या पोल्याण्ड मा २२१६ भन्दा पनि कम भएको हुन सक्ने सम्भावना छ |
श्रोत :विदेशीहरूको लागि कार्यालय,पोल्याण्ड

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.