बिकास दोङ
25-08-2019 मा हामीले पोल्याण्डको राजधानी warsaw मा Visit Nepal 2020 मनाउदै गर्दा हामीले यो कार्यक्रमको आयोजना यो नै मितिमा आयोजना गर्नु कत्तिको सान्दर्भिक होला नहोला त्यो अर्को महत्वको बिषय हो तर मलाई कार्यक्रमको सम्पूर्ण कुरालाई नजिकबाट नियलिसके पश्चात के लाग्यो भने, हामीले मिठो दालभात तरकारी खाने भनि सम्पूर्ण परिकार तयारी गरि खान बस्दा तरकारीमा नुन नलागेर खल्लो भएको जस्तो महसुस भयो । हामीले यो कार्यक्रम गरेर औपचारिक मात्र पुरा गर्नुथ्यो या यसको म्यासेस यो देशबाट नेपाल जाने पर्यटनसम्म पुर्याउने हो भन्ने गम्भीर प्रश्नको उत्तर यो कार्यक्रमबाट आउनु पर्नेथ्यो । म मेरो ठाउँबाट यो राष्ट्रिय महत्वाकांक्षि भ्रमण वर्ष सफल पार्न जतिसक्दो सहयोग गर्नु पर्ने बिर्सेर कुनामा बसेर साथीभाईहरुले गर्नुभएको कार्यक्रमलाई साथ दिनुको सट्टा आलोचना गर्नु कदापी बान्छनीय हुदैन तर सामान्यत मेरो बुझाइमा हामीले यो कार्यक्रमको आयोजना गरेपछि कही न कहि हामीले नेपाल प्रति आकर्षक गर्ने केहि कुराको संदेश यो नै कार्यक्रमबाट दिनु पर्ने थियो जसले गर्दा घुम्न जाने इच्छित व्यक्तिहरुले कार्यक्रम स्थलमै हामीलाई यसबारे सामान्य जिज्ञासा गरुन भन्ने हो । होला यो कार्यक्रमलाई भनेको जस्तो तरिकाले आयोजना गर्न आबस्यक बजेटको समस्या होला, साथीभाईहरुको व्यस्तता होला तर यो भन्दै गर्दा एउटा औपचारिक मात्र पुरा गरेको जस्तो गरि यो कार्यक्रम गर्दा यसबाट राज्यले के फाइदा भयो भन्ने कुरो मुख्य हुन्छ । हामीले यो कार्यक्रम नेपाल पर्यटन बोर्डसंग सल्लाह गरि हामीले त्यो दिन नै कार्यक्रम स्थलमा कमसेकम ५००/१००० ओटा जति पर्यटन बोर्डबाट स्वीकृत लिएर कुपन अथवा २०२० छुट फारम भर्न लगाई सोहि दिन भर्ने पर्यटकले केहि स्थानमा लाग्ने कर छुट वा इम्मिग्रेशन फी छुट अथवा होटेल ब्यबसायी संघबाट स्वीकृत लिएर निश्चित अबधिमा होटेल बुक गरे हुने छुट अथवा आन्तरिक हवाईसेवा नेपालीको दरमा टिकेट शुल्क कुपन जस्ता कुनै न कुनै छुट सहितको योजना ल्याएर त्यो दिन कार्यक्रम स्थलमा उपस्थित सबैलाई नेपाल घुम्न आकर्षण गर्ने केहि पम्लेट बाड्ने काम गर्न सकेको भए १००० जानलाई बाडेको पम्लेटबाट २० जना पर्यटनमात्र जान इच्छुक भए पनि यो कार्यक्रमको ठुलो र तत्काल देख्ने उपलब्धि हुनेथ्यो । मैले सुनेअनुसार पर्यटन मन्त्रालय अन्तर्गत सम्माननीय प्रधानमन्त्रीज्युको हार्दिक अनुरोध सहितको निमंत्रना पम्लेट नै छाप्ने कुरो छ भन्ने स्वयम् मान्य मन्त्रि योगेश भट्टराईबाट नै जानकारी गर्नुभएको छ । जुन साच्चिकै देशको प्रधानमन्त्रिको निमंत्रना कार्ड मुल्यवान हुनेथ्यो । कार्यक्रममा नेपाल झल्काउने विडियो क्लिप्स प्रोजेक्टरबाट देखाउने, केहि आकर्षक रंगिन फोटो लगायत केहि पनि सामान्य नेपाल प्रतिको आकर्षण बढ्ने सामग्रीको अभाब हुनु एकदम दुखत कुरा हो ।
स्व रबिन्द्र अधिकारीपछि उहाको उताराधिकरिको रुपमा आउनुभएको मान्य योगेश भट्टराईको नया जोस र धेरै आकर्षक योजना सहितको पर्यटन वर्ष बनाउने सम्बन्धि भाबी योजना AP1 TVमा अगस्त ५ को तमासोमज्योतिर्गामय कार्यक्रममा टिकाराम यात्रीसंगको कुराकानीलाई आधार मानेर हामीले नेपाल घुम्न जाने पर्यटकलाई केहि बिशेष छुट योजना अघि सारेर केहि घोषणा गर्न पाएको भए सुनमा सुगन्ध हुनेथ्यो यसको साथै केहि मौलिक आकर्षण रहेको नाचबाट कमसेकम नेपाल प्रतिको आकर्षण एकछिनलाई भएपनि बढेको देखिन्छ जुन सकारात्मक पक्ष हो । नेपालको संस्कार र जातीय भेषभुषामा केहि महिला दिदि बहिनि जब स्टेजमा आमंत्रिंत हुनुभयो यो एकदम आकर्षक नेपाली संस्कृतिक झल्कोथ्यो । हामी नेपाल भ्रमण बर्षको ठुलो यात्राको सुरुवात वा कामको थालनी हुदै गर्दा, कुनै काम गरेसकेपछी त्यो काम कस्तो रह्यो र कसको कस्तो किसिमको योगदान रह्यो भन्ने कुरो एउटा मुल्यांकन र सम्मानको बिषय हो र सम्मान, मुल्यांकन गर्नु पर्छ जसको लागि हामीले कुनै दिन सानो चियापान कार्यक्रममार्फत मुल्यांकन गरि प्रमाणपत्र सहित सम्मान गर्न सकिन्थ्यो जुन दिन हामीले के कुराको कमि र के कुराको सुधार भन्ने बिषयमा पनि छलफल गर्न सकिन्थ्यो तर उति नै खेर पूर्ण सफल भएको मानेर प्रमाणपत्र वितरण (कोहि प्रति पुर्बग्राही छैन) कार्यले कार्यक्रम नै अलि भद्दा बनाएको आभाष हुन्थ्यो ।
आगामी दिनहरुमा पनि हामीसंग यस्तो धेरै नै कार्यक्रमहरु हुने छ । यस्तो काममा व्यापक छलफल र सहभागिताको लागि Facebook Campaign देखि विभिन्न संघ संस्थाको बिचमा बहस र छलफलबाट अझ मिठो, आकर्षक र लाभदायक कार्यक्रमहरु गर्न सकुन ।