महिलाहरु नाचगान गर्दै
नेपाली महिला समाज पोर्चुगलको सक्रिय सस्था मध्यको एक सस्था हो।स्थापनाकाल देखिनै रचनात्मक कार्य गर्दै आइरहेको समाजले यसपाली पनि सस्कृती र परम्परालाई निरन्तरता दिदै नेपाली महिलाहरुको महान चाड हरितालिका तिज भब्यताकासाथ सम्पन्न गरेको छ।कार्यक्रममा नेपाली महिला दिदिबहिनी एबम दाजुभाइ अपार संख्यामा उपस्थिति थिए।नेपाली रास्ट्रिय गान बजाएर सुरु गरिएको कार्यक्रममा महिला समाजकी उपाध्यक्ष माया पौडेल खरालले उपस्थित बिशिस्ट पाउनाहरु, महिला दिदिबहिनी एबम दाजुभाइलाई सुरिलो मन्तब्यद्वारा भब्य स्वागत गरेकी थिइन।पोर्चुगल स्थित नेपाली प्रयटन दुत रमेश कुमार गुरुङको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा विभिन्न संघ-सस्थाका प्रमुख एबम प्रतिनिधि ,समाजसेवी ,कलाकार ,पत्रकार लगायतको उपस्थिती रहेको थियो।महिला समाज पोर्चुगलले नेपाल छोडी पोर्चुगलमा बस्दै आएका जेष्ठ नागरिकलाई सम्मान गरेको थियो भने कलाकार एबम समाजसेवी पनि सम्मानित भएका थिए।कलाकारहरुले पृथक प्रस्तुति दिएर उपस्थित दर्शकलाइ विशेष मनोरञ्जन प्रदान गरि नचाएका थिए।के बुढाबुढी,के युबायुबती,के बालबालिका सबै कार्यक्रममा नाचेर एकछत्र झुमेका थिए।पोल्यान्डबाट भर्खर पोर्चुगल आएका एक दर्शक अर्जुन भण्डारीले भने”प्रबासमा सयौको संख्यामा नेपालिहरु जम्मा भएर नाचेको पहिलो पटक देखेको बताए”।अर्का दर्शक खेम मगरले भने कार्यक्रमले नेपालको वास्तविक तीजमा नाचेको झल्को स्मरण गराएको अनुभव सुनाए।उक्त कार्यक्रम समाजकी महासचिव सरिता शर्मा र सरला तिमिल्सिनाले सन्चालन गरेका थिए।अध्यक्ष निर्मला ढकाल खरालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने संघ-सस्था,कलाकार ,पत्रकार लगायत सम्पुर्ण नेपाली दाजुभाइ एबम दिदिबहिनीलाई आभार बेक्त गरिन।अपार नेपालिहरुको उपस्तिथिले आगामी दिनमा कार्यक्रम गर्न थप हौसला मिलेको अध्यक्ष खरालले बताइन।